ट्रेन्डीङ्ग

व्यवसायीक समस्या समाधानको लागि पहल गर्छौ:उद्योग वाणिज्य संघ सुनवल

सुनवल।उद्योग वाणिज्य संघ सुनवलले उद्योगी ब्यापार व्यवसायीहरु सँग छलफल गरेको छ।वर्तमान समयमा व्यापार व्यवसायमा देखिएको समस्याका वारेमा छलफल गरेको उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ।

छलफल कार्यक्रमममा सुनवलका व्यापार व्यवसायीहरुले वन्दै गरेको राजमार्गको धुलो,भारतिय खुल्ला बोडर र प्रशासनको कमजोरी हाटबजार सर्नु साथै हाटबजारमा नुनदेखि सुनसम्मको कारोवार र बाटोको कारण आफुहरु मारमा परेको बताएका छन।

उद्योग ब्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ सुनवलले उद्योग ब्यापारी व्यवसायीहरुको मर्कालाई मध्यनजर गर्दै सम्वन्धित निकायहरुसँग समस्या समाधनको लागी पहल गरेको जनाएको छ।

खास गरि खुल्ला सिमानको कारण व्यवसाय चलायमान हुन नसकेको र वर्तमान समयमा घरभाडामा भएको वृद्धिका कारण व्यापारिमा परेको मर्काका वारेमा सम्वन्धित निकाय सँग छलफल गरेर समस्या समाधन गर्न प्रतिवद्ध भएको उद्याग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मर्चायले बताए।

ब्यापार व्यावसायीहरुको समस्या सामाधन गर्न उद्योग वाणिज्य संघ प्रतिवद्ध भएको र विभिन्न चरणमा सम्वन्धित निकाय सँग पहल र उद्योगी व्यापार र ब्यवसायीहरु सँग छलफल गर्दै आएको संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले बताए।

छलफल कार्यक्रममा उद्योग उपाध्यक्ष ईश्वरी भण्डारी,कोषाध्यक्ष मुरली गौतम सदस्यहरु विष्णुमाया पुरी,मिना भुसाल,हरि न्यौपाने,जिवन पौडेल,सोमप्रसाद पौडेल,लोक थापा,लेखा समिति सदस्य वेन्जना गौड लगायत सुनवलका व्यापार व्यवासायीहरु उपस्थीत रहेको कार्यक्रमको संचालन सँघका सचिव तुलसीराम तिवारीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?