ट्रेन्डीङ्ग

रामग्राम ७ पुर्ण सस्थागत प्रस्तुति सेवा युक्त वडा घोषणा

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरलाई पुर्णसंस्थागत प्रसुती सेवा युक्त स्थानिय तह घोषणाका लागी अभियान संञ्चालन गरेको छ।

वडा तहबाट टोलटोलमा स्वास्थ्यकर्मि परिचालन गरि घरधुरी सर्वेक्षणको काम अगाडी बढाईएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले जानकारी दिए।

साथै १८ वटा वडा रहेको रामग्राममा वडा तहमा पुर्ण संस्थागत प्रसुती सेवायुक्त सुनिश्चितताको घोषणा गर्न सुरु भएको छ।नगरपालिकाले वडा नम्बर ७ लाई लुम्बिनी प्रदेश सरकारले तय गरेको मापदण्ड पुरा गरेको आधारमा पुर्ण संस्थागत प्रसुतीसेवा युक्त वडा घोषणा गरेको छ ।

नगर प्रमुख धनपत यादवले सहज रुपमा स्वास्थ्य सेवाको पुहँच विस्तार गर्न स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्ने काम भईरहेको जानकारी दिए ।

ग्रामिण भेगमा भएका स्वास्थ्य संस्थामा पनि प्रसुती सेवा विस्तार गरि घरमा सुत्केरी हुने अवस्थाको अन्त्य गर्न अभियानको रुपमा कार्यक्रम अगाडी बढाईएको यादवले बताए ।

नयाँ निर्माण भएका स्वास्थ्य संस्थाका सुविधा सम्पन्न भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा दिन नगरपालिकाले काम गरिरहेको पनि उहाँले जानकारी दिए ।

कार्यक्रममा रामग्राम ७ का वडा अध्यक्ष रविन्द्र यादव,ईन्द्रेणी समाजिक विकास मन्चका कार्यक्रम संयोजक पुष्पराज आचार्य,स्वास्थ्य आमा समुह उजैनीकि अध्यक्ष नैनासिंह राठोर,स्वास्थ्यकर्मिहरु बलिराम कोईरी,निलम गौड लगायतले स्वास्थ्य सेवाको विषयमा चर्चा गरेका थिए।

पुर्ण संस्थागत प्रसुती सेवायुक्त भएको घोषणा गर्न घरधुरी सर्वेक्षणका क्रममा कम्तीमा ९० प्रतिशतले चार पटक गर्भ जाँच गरेको,कम्तिमा ९५ प्रतिशतले स्वास्थ्य संस्थामै प्रसुती गराएको,सुत्केरी जाँच कम्तीमा तिन पटक भएको लगायतका मापदण्ड पुरा गरेको हुनुपर्दछ । नवलपरासीमा यसअघिनै बर्दघाट र सुनवल नगरपालिका पुर्ण संस्थागत प्रसुती सेवायुक्त स्थानिय तह घोषणा भईसकेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?