
सुनवल । राप्रपा लुम्बिनी प्रदेशको उपाध्यक्षमा मनोहर रायमाझी मनोनित भएका छन ।
राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले पार्टीको बिधान बमोजिम मनोनयन गरेका हुन।नीति, सिद्धान्त प्रति समर्पित, संगठन बिस्तार र राप्रपा लुम्बिनी प्रदेशको गतिबिधिमा महत्वपुर्ण भुमिका खेल्न आग्रह गरे।
रायमाझी पश्चिम नवलपरासीको बर्दघाटमा पार्टी निकट युवा संगठन हुँदै लुम्बिनी प्रदेश सदस्यसहित प्रशिक्षण विभागमा समेत काम गरेका थिए।