ट्रेन्डीङ्ग

अक्षयकोष वृद्धि हुदै महाकवि देवकोटामा

सुनवल । महाकवि देवकोटा नमुना माविको अक्षयकोष स्थापनार्थ थप १ लाख ५१ हजार रुपौया रकम जम्मा भएको छ । पुर्व शिक्षक पुरुषोत्तम ज्ञवालीले स्व.कमला ज्ञवालीको स्मृतिमा अक्षयकोष स्थापनाको लागी रकम प्रदान गरेको विद्यालयले जनाएको छ । सुनवल ३ निवासी ज्ञावाली हाल काठमाडौमा वसाई गर्दै आएका छन् । उनका ४ छोराहरु राजेन्द्र , सुर्य, पुर्ण र रविन्द्र ज्ञवाली छन।

गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस भन्ने उद्देश्यका साथ पश्चिम नवलपरासीकै उत्कृष्ट विद्यालय महाकवि देवकोटामा अक्षयकोष स्थापनार्थ रकम प्रदान गरेको ज्ञवालीले बताए।

सुनवल ४ निवासी पुर्व शिक्षक कृष्णप्रसाद लामिछाने सुनवल ४ द्धारा स्व.राधा लामिछानेको स्मृतिमा १ लाख २५ हजार, सुनवल १ निवासी पुर्व शिक्षक रिता वराली तथा लाल बहादुर चितौरेद्धारा १ लाख १ सय ११,सुनवल १० निवासी लक्ष्मण न्यौपाने तथा नैनादेवी न्यौपानेद्धारा स्व.हिमलाल न्यौपानेको स्मृतिमा २५ हजार,सुनवल ३ निवासी सारदादेवि पौडेल द्धारा स्व. केशव प्रसाद पौडेलको स्मृतिमा ५५ हजार ५ सय ५५ र सुनवल १ निवासी ज्ञानु न्यौपानेद्धारा स्व हजुरवुवा रविलाल न्यौपानेको स्मृतिमा १५ हजार १ सय रुपौया अक्षयकोष स्थापनार्थको लागी प्रदान गर्नुभएको विद्यालयले जनाएको छ ।

कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा करिव २ हजार २ सय वढि विद्यार्थीहरुले पठनपाठन गर्दछन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?