ट्रेन्डीङ्ग

बर्दघाटमा एओजीको राईड सम्पन्न

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा टिभिएस अपाचे बाईक एओजी राईड सम्पन्न भएको छ।राईड बर्दघाट टिभिएस साेरुमबाट सुरु भई ज्यामिरेभार पुगेर विभिन्न मनाेरन्जन गरि पुन:बर्दघाट स्वरुम  फुर्ट प्रिन्ट अटो हव प्रालि आएर सम्पन्न भएको हो।

एओजि राईड बिगत १ बर्षदेखि भारत हुँदै नेपालमा संचालनमा आएको कार्यक्रम हाे।हालसम्म नेपालका ७७ भन्दा माथि स्थानमा राइड भई सकेको र एउटा नयाँ रुपमा बर्दघाटमा एओजि राईड गरिएको हो । एओजि राईडकाे नेतृत्व मार्शल आयुष नेपालले गरेका थिए भने राईडकाे महत्व र टिभिएसकाे बारेमा जगदम्बा माेटर्सकम रिजनल अफिसर ईश्वरी पाैडेलले गरेका थिए।युवाहरु सधै फुर्सदकाे समयमा घुम्न हिड्ने रमाइलो गर्ने त पुरानै चलन हाे तर केही बर्षदेखि दुर्घटना बढेका कारण दुर्घटना न्युनिकरणकाे लागि,रमाइलोकाे लागि,आफ्नाे परिचय बढाउनकाे लागि माेटरसाईकलकाे कम्युनिटि राईड गर्ने पौडेलले भने ।

उनले भने नेपालकाे पर्यटन प्रबर्द्धनमा एओजि राईड नेपालकाे सर्वाधिक चर्चित राईड रहेकाे तथा नेपाल पर्यटन बाेर्ड सगकाे समन्वयमा एउटा कल्ट राईड सम्पन्न गरि सकिएको र उक्त राईडकाे भिडियाे बिश्व भरका टिभिएस साेरुमसम्म पुगेकाे जसमा नेपालका विभिन्न सहर काठमाडौंदेखि पाेखरा, मुस्ताङ साथै बुटवल लुम्बिनी, चितवन ,साैराहा र जनकपुरसम्म समेटिएको पौडेलले बताए।

बिक्रि मात्रै नभएर बिक्रि पछिकाे सेवामा पनि उत्तिकै प्राेत्साहन रहने तथा टिभिएस ग्राहकलाई सधै पाहुना कै व्यवहार गरिने संचालक ज्ञानु पाैडेलले बताए।

युवा माझ निकै नै लाेकप्रिय टिभिएस अपाचे बाईकरहरुकाे कम्युनिटि नेपाल भर नै फैलिएको मध्यनजर गर्दै राईड संचालान गरिएको पौडेलले जानकारी दिए। आगामी दिनमा नाईट राईड गर्ने याेजना रहेकाे संचालक पौडेलेले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?