ट्रेन्डीङ्ग

जन्मोत्सवका अवसरमा शैक्षिक सामग्री वितरण

तोलाकान्त बगाले
वालिङ, ८ चैत ।

लायन्स क्लब अफ वालिङ सिटीका प्रथम उपाध्यक्ष चुत्राकुमारी थापा दुर्गाले आफ्नो जन्मदिनका अवसरमा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

थापाले जन्मदिनका अवसरमा लायन्स क्लब अफ वालिङ सिटी र लियो क्लब अफ वालिङ सिटीको संयुक्त आयोजनामा वालिङ ६ स्थित गणेश आधारभूत विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरुका लागि टिफिन बक्स सहित शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
कार्यक्रममा डिस्ट्रिक मेम्मर तथा क्लबका पूर्व अध्यक्ष सीताराम अधिकारीले वस्तु सानो ठुलो नहुँने भन्दै जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गर्दै सामाजिक कार्यमा लाग्नु नै ठुलो पक्ष भएको बताउनुभयो ।

उहाँले जन्मदिनलाई विशेष बनाउनका लागि सामाजिक कार्यमा सहयोग गर्नुभएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि यसखालका गतिविधिहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नं. ६ का वडा सदस्य खेमबहादुर अर्याल क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमकान्त पौडेल, लियोक्लबका अध्यक्ष दिक्षान्तप्रताप खांँणलगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरुलाई टिफिन बक्स सहित शैक्षिक सामग्री वितरण गरिएको क्लबले जनाएको छ । लायन्स क्लब अफ वालिङ सिटीकी अध्यक्ष कविता भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन द्वितीय उपाध्यक्ष विजय कोईरालाले र धन्यवाद मन्तब्य प्रधानाध्यापक विष्णुबहादुर विकले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal