ट्रेन्डीङ्ग

बाग्मती क्लब सर्लाहीले उचाल्यो सुर्यनगर गोल्डकपको उपाधी

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा संचालित आठौ सूर्यनगर गोल्डकपको उपाधी बागमती क्लव सर्लाहीले चुमेको छ।नेपाल पुलिस क्लब सुन्यका विरुद्ध एक गोल गर्दै सोमबार सम्पन्न फाइनल खेलमा साबिक विजेता पुलिसलाई स्तब्ध पार्दै बागमतिले उपाधी चुमेको हो।

पहिलो हाफको २५औँ मिनेटमा बाग्मतीका जर्सि नम्बर ८ का अभि लामाले गरेको एकमात्र गोलनै निर्णायक बन्यो।निकै प्रतिष्प्रर्धात्मक खेलमा पुलिसले पनि गोल गर्ने सुनौला मौका गुमाएको थियो ।

फाइनल खेलमा एकमात्र गोल गरेका लामा दोश्रो हाफको ३२ औँ मिनेटमा रातो कार्ड पाँउदै खेलबाट बाहिरिए पछि बागमती १० खेलाडीमा सिमित हुन पुगेको थियो।

विजेता टोलीले नगद ५ लाख सहित ट्फि र मेडल प्राप्त गर्न सफल रह्यो भने उपविजेता पुलिस क्लव ३ लाख र उपविजेता ट्फिमा चित्त बुझायो।लुम्बिनी प्रदेशमै दोश्रो सर्वाधिक राशीको प्रतियोगिता गत माघ २९ गतेबाट संचालन भएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरले खेलक्षेत्रलाई प्राथमिकतामा राखेको बताउदै नगरले सबै बिद्याका खेललाई प्रोत्साहन गर्ने उल्लेख गरेका थिए।उनले दक्ष खेलाडी उत्पादन गर्न सके नगरको नाम समेत उँचो रहने बताए ।

बर्दघाट नगरपालिकाका सस्थापक नगरप्रमुख धिरज शर्मा बस्यालले दक्ष खेलाडी उत्पादनका लागि एकेडेमी संचालन गर्नुपर्नेमा जोड दिए।

बर्दघाट नगरपालिका वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले सुर्यनगर रङ्गशालालाई नगरले थप सहयोग उपलब्ध गराउदै लैजानु पर्ने बताए ।

प्रतियोगितामा नवलपरासीका २ टिम सहित राष्ट्रिय प्रतियोगिता खेलेका ८ टोलीको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?