ट्रेन्डीङ्ग

रामनगर एकेडेमी तथा कृषि क्याम्पसले १७ औं वार्षिकोत्सव मनायो

सुनवल।पश्चिम नवलपरासीको सुनवल -१२ भुमहिमा रहेको रामनगर एकेडेमी तथा रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेजले विविध कार्यक्रम गर्दै वार्षिकोत्सब मनाएको छ।रामनगर एकेडेमी तथा कृषि क्याम्पसका अध्यक्ष प्रेम न्यौपानेको अध्यक्षता तथा सुनवल नगरपालिका नगरउप प्रमुख सुर्य दुवेको प्रमुख आतिथ्यतामा रामनगर एकेडेमी १७ औं वार्षिकोत्सब तथा रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेजले ५ औं वार्षिकोत्सब मनाएको हो ।

प्रमुख अतिथि दुवेले विद्यार्थीलाई व्यवहारिक जिवनमा लागु हुने शिक्षा दिनुपर्ने बताएका छन। सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न जनप्रतिनिधि र सरकारी तलब भत्ता खाने कर्मचारीका छोराछोरी सामुदायिकमा पढाउने गरि ल्याएको शिक्षा ऐन ल्याएको हो । उनले भने शिक्षा ऐन निजि विद्यालय विरोधी नभएको बताउदै गुणस्तरीय शिक्षाका लागी संस्थागत विद्यालय र सामुदायिक विद्यालय विच स्वच्छ प्रतिस्पर्धाका लागि ल्याइएको बुझ्न आग्रह गरेका थिए ।

दुवेले सुनवलको शिक्षामा गुणस्तरीयता बढाउने निजिलाई नियम ,संरक्षण तथा सुरक्षा गर्दै सामुदायिकको शिक्षा खस्किए निजिमा पनि समस्या आउने बताउदै संस्थागत विद्यालयलाई फरक दृस्ठिकोणले नहेरेको बताए।विद्यालयले गुणस्तरीय शिक्षा दिएमा समाजमा सकारात्मक प्रभाव पार्ने र विद्यालयमा विद्यार्थीको स्वतह आकर्षण बढ्ने विश्वास व्यक्त गरेका थिए।

त्यसैगरी सुनवल नगर शिक्षा शाखा प्रमुख विष्णु गोतामेले विद्यालयले प्रविधियुक्त्त गुणस्तरीय सहित माटो सुहाउँदो शिक्षा दिन जरुरी रहेको बताउदै । राज्य कोषबाट तलब लिएकाले व्यक्तिले राज्यले लगानी गरेको सस्थाको संरक्षण र समंर्धन गर्ने दायित्व भएकोले सामुदायिक विद्यालयमा पर्ने गरि शिक्षा ऐन ल्याइएको बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय प्रतिनिधि उपप्राध्यापक पंकज धितालले पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि विधार्थी बाहिर जाने क्रम बढेकोले कलेजहरु बन्द हुने स्थित भएकाले राज्यले त्यसको वैकल्पिक नीति निमार्ण गर्नुपर्नेमा जोड दिएका थिए ।विधार्थीलाई रोजगारको ग्यारेन्टी सहित देशमै बस्ने वातावरण बनाउन सरकारले शिक्षा ऐन बनाउनु पर्ने बताए ।

कार्यक्रममा प्याब्सनका केन्द्रिय सचीव सुवर्ण न्यौपाने र सुनवल प्याब्सनका अध्यक्ष  कृष्णप्रसाद शर्माले सामुदायिक विद्यालयले विभिन्न बाहाना शुल्क लिएर पढाउने गरेको उल्लेख्य गर्दै निजि विद्यालयका विरुद्ध ऐनहरु आउने गरेको आरोप लगाए । नगरपालिकाले संस्थागत विद्यालय विरुद्ध ऐन ल्याएको बताए । राजनीतिक व्यक्ति र कर्मचारीले शिक्षाको जंग बस्ने बेलामा निजि विद्यालयमा भर्ना गर्ने र उच्च शिक्षा अध्ययन र सरकारी छात्रवृत्ति पाउनकै लागि पछिल्लो सामुदायिक विद्यालयमा भर्ना गर्ने प्रवितृ बढेको बताए ।

रामनगर एकेडेमीका अध्यक्ष प्रेम न्यौपानेले साबिक रामनगरलाई केन्द्र बनाएर गुणस्तरीय शिक्षाको बिकासमा अगाडि बढ्को बताए।संस्थागत विद्यालयलाई समस्या हुनेगरी ऐन निर्माण हुनु दु:खद रहेको बताएका छन।

एकेडेमीले विधालय र स्नातक तहमा कृषि एजीको कक्षा संचालन गर्दै आएको छ विद्यालयतर्फ १ हजार ६ सय बढी र कृषितर्फ १०४ जना विद्यार्थी अध्ययन गर्ने र ८२ जना शिक्षक कर्मचारी कार्यरत रहेका छ।विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११/१२ संचालन गर्ने तयारी गरिएको र जसकोलागि आवश्यक पर्ने  भवनको उद्घाटन पनि गरिएको प्राचार्य जनक अधिकारी जानकारी दिए।

कार्यक्रममा सांस्कृतिक कार्यक्रम सहित विभिन्न विधामा उत्कृष्ट विद्यार्थी ,पुर्व विद्यार्थी ,अभिभावक शिक्षकलाई सम्मान गरिएको।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?