
सुनवल । बेरोजगारी, आर्थिक–सामाजिक असमानता र कुण्ठित भएको मौलिक हक अधिकारका लागि सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यसहित पैदलयात्रा सुरु गरेका अभियान्ता ईः भुमहीबाट अगाडी लागेका छन्।माघ २८ गते लुम्बिनीदेखी पैदल यात्रा सुरु गरेका अभियान्ता ई : हिजो सोमबार अर्थात यात्राको दोश्रो दिन सुनवल आएका थिए ।
अभियान्ता ई: तेश्रो दिन आज फाल्गुन १ गते दुम्कीबास, फागुन २ गते दलदले, फागुन ३ गते चितवन रामनगर, फागुन ४ गते कुरिनटार, फागुन ५ गते गजुरी, फागुन ६ गते नौबिसे र फागुन ७ गते काठमाडौँ सिंहदबार पुग्ने गरि पैदल यात्रा मिति तय गरेको अभियन्ता ईः बताए ।
देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न एवम् गरीबलाई बिना अध्ययनबिकल्प विस्थापन नगरी कानुन र संविधानको मर्म परिधिभित्र बस्न निर्देशन दिने, पालिकाहरुलाई गरीबको संरक्षण गर्न आवश्यक तथा सडक व्यवसाय र अनौपचारिक क्षेत्रको व्यवस्थापनसम्बन्धी, संघीय ऐनको सिर्जना तथा भएका कानुनी प्रवधानको सबलीकरण गर्ने लगायतका उद्देश्य रहेको अभियन्ता ईःले बताए ।
माघ २८ गतेदेखि फागुन ७ गतेसम्म तय गरेको पैदलयात्रामा अभियन्ता ईः ले सबैलाई सहभागी हुन अनुरोध गरेका छन् ।अभियन्ता ईः को नेतृत्वमा यसअघि पनि यस खालका सामाजिक अभियानहरु सञ्चालन हुँदै आएका छन् ।