ट्रेन्डीङ्ग

सरकारले बिकासका काम नगरेर हावा गफ र चुट्किला भन्दै जनता प्रती खेलबाड गर्यो-नेका नेता पाण्डेय

गोपिकृष्ण रेग्मी, चैत ७, स्याङ्जा ।नेपाली कांग्रेस नेता एवम् प्रतिनिधि सभाका सदस्य मोहन प्रसाद पाण्डेयले सरकार जनताको काम नगरेर हावा गफ र चुट्किला भन्दै जनता प्रती खेलबाड गरिरहेको बताउनु भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका वडा न.१३,थानपाटामा न्यु क्रियटिभ युवा क्लबले आयोजना गरेको अन्तर क्लब स्तरीय खेलको समापन कार्यक्रममा बोल्दै पाण्डेयले भन्नुभयो प्रधानमन्त्री ओलि रेल,पानी जहाज घर घरमै ग्यास पाइप दिने भन्दै जनता ढाट्नमै समय बिताएर बस्दा विकास निर्माणका काममा बाधा पुगेको बताउनु भयो ।उहाँले आफू स्याङ्जाली जनताको प्रतिनिधित्व गर्ने सासद भएको बताउदै सरकारले दिएका सबै सेवा सुविधा जनता सामु नै खर्च गर्ने प्रतिवद्त्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र न.२ का सभापति देव बहादुर खाण (ईश्वर ) ले नेपाली काङ्ग्रेस खेल र खेलाडीको पक्षमा सधैं किर्याशिल भैरहने भएकोले युवाहरूलाई अनुशासनमा रहेर खेल खेल्नु पर्ने भनाइ व्यक्त गर्नु भयो ।

नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि गुरु प्रसाद भट्टराईले युवाहरुलाइ खेलप्रति राज्यले सेवा सुविधा दिन नसक्नु दु:खद भएको बताउनु भयो ।नेपाल विद्यार्थी संघका केन्द्रिय महामन्त्री युवराज पाण्डेले राज्यले खेल खेल्ने युवाहरुलाइ तलब दिएर खेलाडिहरुको मनोबल उच्च राक्नुपर्ने भनाइ राख्नु भएको थियो ।

२७ टिमको सहभागिता रहेको खेलमा प्रथम तल्लो गल्याङमा रहेको नेपाल तारा युवा क्लब दितिय न्यु क्रियटिभ युवा क्लव आयोजक तृतीय फुलबारी जनहित युवा क्लब भएका थिए ।

प्रथम दितिय ,तृतीय र सान्त्वना हुनेलाइ क्रमश ४० हजार,२० हजार,१५ शिल्ड मेड्ल कप र प्रमाणपत्र प्रदान गरिएको थियो । अन्तर क्लव पुरूष भलिवल प्रतियोगिताको फाईनल खेलसंगै समापन समारोह भएको खेल मुल समितिका सयोजक रहेका बिरु गुरुङले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal