ट्रेन्डीङ्ग

सरकार भित्रको किचलोले एमसिसी सम्झौता पास भएन:पुर्व अर्थमन्त्री महत

उर्मिला यादव यात्री रुपन्देही
चैत ७

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारको किचलोले अमेरिकी सहयोग एमसिसी सम्झौता पास नभएको बताउनु भयो ।

नेपाली कांग्रेस सिद्धार्थनगर कमिटीले शुक्रबार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा उहाले सो कुरा बताउनु भएको हो ।

पुर्व अर्थमन्त्री महतले देशमा कम्युनिष्ट सरकार बनेपछि बलात्कारका घटना बढ्नुका साथै जताततै भ्रष्टाचारले चुलिएको आरोप समेत लगाउनु भएको छ ।

अमेरिकि सरकारको सहयोग एमसीसी सम्झौता गरी बिद्युतीय क्षेत्र लगायत यातायातको क्षेत्रको बिकासमा सहयोग गर्न खोजेको तर अमेरिकाको सहयोग नचाहिने भन्दै गलत आरोप लगाउदै त्यो सम्झौता पनि रोकिएको गुनासो गर्नु भएको थियो ।

देशमा तीन तहको सरकार भएको र यो तिन तह भित्र जुन प्रकारको समन्वय हुनु पर्ने हो त्यो नभएको बताउदै आगामी दिनमा तीन तहको सरकारले दिएको माइन्डेड अनुसार काम गर्न सक्ने क्षमताको सबै तहमा तयारी र राम्रो संग समन्वय हुनुपर्नेमा जोड दिनु भएको छ । स्थानिय र प्रदेश तहका कतिपय जिम्मेवारीमा केन्द्रले हस्तक्षेप गर्दै आएको र यो संबिधान हित बिपरित भएको बताउनु भएको छ।

नेपालको इतिहासमा राजनितिक लगायत लोकतन्त्रको आन्दोलन होस चाहे सशस्त्र आन्दोलन होस चाहे शान्तिपुर्ण आन्दोलन होस त्यो सबैको नेतृत्व जहिले पनि कांग्रेसलेनै गर्दै आएको बताउनु भएको छ देशमा जातिय एकता, जातिय सदभाव, समानता, लगायत भेदभाव र छुवाछुतको अन्त्य गर्न सबैको अधिकार बराबर हो भन्ने कुराको सुरुवात पनि कांग्रेसलेनै गरेको जिकिर गर्नु भयो ।

देशको आधुनिकीकरण लगायत देशको आर्थिक ब्यवस्था परिर्वतन , ब्यवसायिक क्षेत्र,शैक्षिक क्षेत्र लगायत सरकारी,गैरसरकारी निती ,बैदेशिक लगानी बढाउनु पर्ने जस्ता सहि निती कांग्रेसलेनै ल्याएको ठोकुवा गर्नु भयो ।सामाजिक,आर्थिक, स्वास्थ्य, शिक्षा, जिवनस्तर सुधार लगायत उद्योगधन्दाको बृद्धि ,रोजगारी क्षेत्रमा सुधार कांग्रेसले नै गर्दा भएको जोड दिनु भयो ।

महतले गत चुनावमा कांग्रेसले हार्दा जनतामा निराशा छाएको बताउदै कम्युनिष्टलाई भोट दिएकोमा जनता अहिले पश्चातापमा रहेको सुनाउनु भयो । अब पार्टी भित्रका कमजोरीलाई सुधार गर्दै एकताबद्ध रुपमा अगाडी बढ्न जोड दिनु भयो ।

कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम सिद्धार्थनगर नपाका ८ नम्बर वडाका सभापति टंक प्रसाद ज्ञवालीको अध्यक्षता भएको कार्यक्रम मधुसुधन पोखरेलको स्वागत र केदार बहादुर कणेलले संचालन गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?