
देवदह । रोट्रऱ्याक्ट देवदह क्रिकेट कप – २०८० को पाँचौँ दिन दुई खेल सम्पन्न भएका छन । रोट्रऱ्याक्ट क्लब अफ तिलोत्तमा देवदहको आयोजनामा भएको क्रीकेट प्रतियोगिताको पाँचौं दिनको खेलमा देवदह वडा १२ र देवदह इवाइसी विजयी भएका छन ।
पाचौं दिनको पहिलो खेल गोल्डेन इगललाई १२३ रनले हराउदै वार्ड नम्बर १२ बिजयी भएको हो भने दोस्रो खेलमा धुर्वतारा युवा क्लबलाई ९ विकेटले हराउदै देवदह १ एवाइसी बिजयी भएको हो ।
पहिलो चरणको खेलमा गोल्डेन इगलले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गर्दै वार्ड नम्बर १२ ले १६ ओभरको खेलमा १७२ रन जोडेर गोल्डेन इगललाई १७३ रनको टार्गेट दिएको थियो। जसमा वार्ड नम्बर १२ सहजै १ सय २३ रनको अन्तरमा जित हासिल गर्न सफल भएको हो।
वार्ड नम्बर १२ को लक्ष्यलाई पछ्याउँदै गोल्डेन इगलले खेलको १६ औँ ओभरमा सबै विकेटको क्षतिमा ४९ रन मात्रै जोड्न सक्यो ।जसमा वार्ड नम्बर १२ का खेलाडी सुरज चौधरीले १०० रन अर्थात् सर्वाधिक रन सहित म्यान अफ द म्याच बन्न सफल भएका थिए । यसैगरी विराज यादवले ३५ रन, जितेन्द्र साहनीले २० रन जोड्न सफल भएका थिए।
दोस्रो चरणको खेलमा टस जितेर ध्रुवतारा युवा क्लबले ब्याटिङ गर्दै खेलको १५ ओभरमा ७७ रन ल्याएर देवदह एक एवाइसीलाई ७८ रनको लक्ष्य दिएको थियो।जसमा टिकाराम थापाले २९ रन विनय चालिसेले १४ रन र अन्य खेलाडीको सहयोगमा रन आउन सफल भएको थियो।
धुर्वतारा युवा क्लबले दिएको लक्ष्यलाई प्रतिस्पर्धा गर्दै देवदह एक एवाइसीले खेलको १४ ओभरमा ७८ रन ल्याएर धुर्वातारा युवा क्लबमाथि ९ विकेटको जित हासिल गरेको छ।
खेलमा देवदह १ एवाइसीका खेलाडी नारायण विश्वकर्माले दुई विकेट प्रहार गरेर ८ रन ल्याएर म्यान अफ द म्याच बन्न सफल भएका थिए।
भोलिको बिहिवारको पहिलो चरणको खेलमा पुलिस क्लब र ग्रान्ड कस्मो बीच हुने र बिजयी हुने टिम कपिलवस्तु क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।