
सुनवल । पश्चिम नवलपरासीको सुनवल ४ अवस्थीत महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले अभिभावक संग अन्तरक्रीया गरेको छ । विद्यालय र समुदाय विचको सम्वन्ध मजवुद वनाउनका लागी स्थापित शिक्षा टोल समितिहरु सँग अन्तरक्रिया गरेको विद्यालयले जनाएको छ ।
विद्यालयको शैक्षिक र भौतिक गुणस्तर वृद्धिका वारेमा छलफल भएको विद्यालयका प्रध्यानाध्यापक खेमलाल जोशी शर्माले बनाए । अन्तरक्रिया कार्यक्रम सँगै विद्यालयको भौतिक र शैक्षिक अवस्थाको वारेमा जानकारी लिनुका साथै अभिभावकहरुले अवलोकन समेत गरेका थिए ।
महाकवि देवकोटा देशकै उत्कृष्ट विद्यालय वन्ने लक्ष्य सहित अगाडि वढेको र सोहि अनुसार अभिभावक र समुदायको सल्लाहसुझावहरु निरन्तर प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले बताए ।
अभिभावकहरुको विद्यालय प्रतिको चासो र सल्लाह सुझावले विद्यालयलाई अगाडि वढ्न र लक्ष्यअनुसारको कार्ययोजना गराउन सजिलो भएको अध्यक्ष अर्यालको भनाई छ ।
बालबिकास कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा २ हजार भन्दा वढि विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।