
देवदह । रुपन्देहीको देवदहमा रोट्रयाक्ट क्रीकेट कप -२०८० हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै रोट्रयाक्ट क्लब तिलोतमा देवदहको आयोजनामा रोट्रयाक्ट क्रिकेट कप-२०८० पुष २१ गतेदेखि देवदह-७ को डिसियु खेलमैदान हुने जानकारी दिइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष विक्रम भुसालले युवाहरूलाई लक्षित गर्दै अन्तरहिन प्रतिभालाई प्रस्फुटन गर्न र वडा,नगर जिल्ला गर्दै राष्ट्रियस्तरसम्मका खेलाडी उत्पादन गरी देवदहको गरिमालाई थप उचाइमा पुर्याउने उद्देश्यले रोट्रयाक्ट कप आयोजना गरेको बताए।
देवदहमा रहेका पर्यटकीय तथा धार्मिक स्थलहरूको प्रचारप्रसार गरी देवदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने बताउँदै युवाहरूलाई लागूपदार्थ दुर्भासनीमाबाट रोकथाम गर्न जनचेतना जगाउँदै खेलप्रति आकर्षित गराउन सकिने अध्यक्ष भुसालले धारणा व्यक्त गरेका छन।
खेल आईसिसीको नियम अनुसार १६ ओभरमा संचालन हुने उक्त खेलमा टेनिस बल खेलाइने खेल संयोजक अर्जुन घर्ति भुजेलले जानकारी दिए। उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार ५१,द्वितीय हुने टिमलाई २५ हजार ५१ साथै मेन अफ द म्याच,बेष्ट बलर,बेस्ट ब्याष्टम्यानलाई नगद ५ हजार ५ सय ५१ रुपैया सहित शिल,मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक भुजेलले बताए।
खेलको टिम दर्ता गर्ने अन्तिम पुष १८ गतेसम्म रहेको आयोजकले जनाएको छ ।