ट्रेन्डीङ्ग

बर्दघाटमा चोरीको मोटरसाइकल सहित ५ जना पक्राउ

परासी । पश्चिम नवलपरासी प्रहरीले चोरीका मोटरसाइकल सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकलबाट चोरी गरि चलाइएको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट चोरी गरि चलाएको अवस्थामा बा १९ प ८४९१ नम्बरको निलो कलरको स्पेलेन्डर मोटरसाइकल फेला पारेको हो ।

प्रहरीको टोलिले मोटरसाइकल चोरीको संलग्न बर्दघाट नगरपालिका-१० केराबारीका २४ वर्षीय मदन थापालाई पक्राउ गरेको हो ।

प्रतापपुर गाउँपालिका – २ मा रहेको छाया खाजा घर अगाडि पार्किङ गरेर राखिएको अवस्थामा मोटरसाइकल हराएको खाजा घर संचालकले निवेदन दिएका थिए । त्यसैको आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले कागजात नभएको बा २४ प १७५९ नम्बरको एन्भेन्जर मोटरसाइकल सहित बर्दघाट नगरपालिका -१० केराबारीकै प्रविम सुनारलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ गरेका व्यक्तिलाई थप अनुसन्धान गर्दा चोरीमा संलग्न बर्दघाट नगरपालिका-१० केराबारिका १९ वर्षीय रोहन क्षेत्री,बर्दघाट नगरपालिका-१० केराबारी बस्ने सुशील कुमाल र बर्दघाट नगरपालिका-१० केराबारी बस्ने सोनु सुनारलाई पक्राउ गरिएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी एवं डिएसपी रेशम बोहराले जानकारी दिए ।

मोटरसाइकल चोरीमा संलग्न पाचै जनालाई चोरी तथा डाँका सम्बन्धि कसुर मुद्धामा अनुसन्धान भइरहेको बोहराले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?