ट्रेन्डीङ्ग

महासघंको निवार्चन सहमतिय प्रणाली र बैचारिक प्रतिनिधित्वलाई सुनिश्चित बनोस:जनपत्रकार संगठन

चैत ५ नवलपरासी । जनपत्रकार संगठन नेपालले आगामी महासघंको निवार्चन सहमतिय प्रणालीबाट निर्वाचन र बैचारिक प्रतिनिधित्वलाई सुनिश्चित गरोस् भन्ने धारणा सार्वजनिक गरेको छ ।

जनपत्रकार संगठनका केन्द्रिय संयोजक शेर बहादुर बिश्वकर्माले हामी पत्रकारहरुको साझा एवं नागरिक अगुवा संस्था नेपाल पत्रकार महासंघको आशन्न निर्वाचनबारे संगठनको धारणा सार्वजनिक गर्ने उद्देश्यले विज्ञप्ती जारी गरेका छ्न ।

विज्ञप्तिमा विश्वकर्माले भनेका छ्न आगामि निर्वाचनमा सहमतिय प्रणालीबाट निर्वाचन होस् र महासंघमा बैचारिक प्रतिनिधित्वलाई सुनिश्चित गर्दै महासंघ साच्चीकै हामी सबैको साझा संस्था हुनुपर्छ भन्ने आफ्नो पूर्ववत धारणा प्रति दृढ रहेको बताए ।

निर्वाचनमा कुनै विचारधाराका आधारमा गठबन्धन गर्ने भन्दा पनि एजेण्डा र सम्मानजनक प्रतिनिधित्वका लागि सबै संघ / संगठनहरुसँग छलफल र वार्ता गर्न हामी तयार रहेको कुरा विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal