
बडेरा । पश्चिम नवलपरासीको सुनवल नगरपालिका -१३ मा बडेरा रहेको कृषक जनशक्ति बहूउद्देश्यीय सहकारीको २३ औ साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष नारायण प्रसाद तिवारीको अध्यक्षता तथा सुनवल नगरपालिका प्रवक्ता एव वडा नम्बर १३ का अध्यक्ष कृष्ण प्रसाद बगालेको प्रमुख आतीथ्यतामा बडेरामा सम्पन्न भएको हो ।
प्रमुख अतिथि एव वडा अध्यक्ष बगाले सामाजिक संजालमा नकरात्मक कुराको प्रचारप्रसारले गर्दा राम्रा कार्य पछी परेको बताए । सहकारीले जनताको जीवन स्तरमा परिवर्तनमा सकारात्मक भूमिका खेलेको बताउदै उत्पादन क्षेत्रलाई प्रोहोत्सान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै नारायण प्रसाद तिवारीले २०५७ सालमा स्थापना हाल सम्म १ हजार ४ सय ९ जना शेयर सदस्य आबद्द हुनुका साथै ८ करोड बढीको कुलपुजी रहेको बताए ।
यस्तै सचिवको प्रतिवेदन सुर्य प्रसाद न्यौपाने, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष शिवलाल शर्मा भण्डारी र लेखा समितिको प्रतिवेदन लेखा संयोजक खेम नारायण खनालले प्रस्तुत गर्नु गरेका थिए ।
कार्यक्रममा सुनवल योजना शाखा प्रमुख खेमराज ढकाल (राजु ) भैरवी सहकारीका अध्यक्ष नरिश्वर पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उपाध्यक्ष हरिप्रसाद तिवारीको स्वागत तथा सुर्य प्रसाद न्यौपाने सञ्चालन रहेको उक्त कार्यक्रममा ७० वर्ष पूरा भएका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान साथै विभिन्न शैक्षिक विधामा उत्कृष्ट हुने शेयर सदस्यका सन्तति,उत्कृष्ट कृषक,असल बचत तथा ऋण कर्तालाई सम्मान गरिएको कार्यवाहक सचिव गुप्त प्रसाद कंडेल (कृष्ण)ले जानकारी दिए।
सहकारीले आर्थिक वर्ष २०७९/०८० मा १० लाख ६१ हजार बढी नाफा आर्जन गर्न सफल भएको छ भने सहकारीमा ६७७ पुरुष र ७३२ महिला गरी कुल १ हजार ४ सय ९ जना सदस्य आबद्ध रहेका छन।
सहकारीको आफ्नै डेरी संचालन गरेर दुधजन्य पदार्थको बेचाबिचन गर्नुका साथै कृषि ,उत्पादन क्षेत्र तथा पशुपालनमा लगानी गर्दै आएको छ ।