ट्रेन्डीङ्ग

विप्लव नेकपा निकट अखिल(क्रान्तिकारी) केन्द्रीय समितिको पाचौँ पुर्ण बैठकका निर्णय सार्वजनिक

चैत ५ नवलपरासी ।विप्लव नेतृत्व नेकपा निकट अखिल क्रान्तिकारीको पाचौं पुर्ण बैठकको निर्णय सार्वजनिक भएको छ ।

अखिल क्रान्तिकारीको गत फाल्गुण २७,२८,२९ गते संगठनका अध्यक्ष चिरन्जीवी ढकालको अध्यक्षतामा ,नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यतामा , पार्टी केन्द्रीय सदस्य तथा संगठनका फयाक्सन ईन्चार्ज मिलन , पार्टी केस असल र पार्टी स्कुलिङ्ग विभागका प्रमुख भेषराज भुसालको आतिथ्यतामा सम्पन्न भएको थियो। ऐतिहासिक पाचौ पुर्ण बैठकले लिएका महत्त्वपूर्ण निर्णयहरु आज सार्वजनिक गरेको हो । आज सार्वजनिक गरेका निर्णयहरु:
१ ) संगठनको २२ औं राष्ट्रिय सम्मेलन आगामी २०७८ जेठ १ गते तोकिएको छ ।“ वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकिकृत जनक्रान्ति हाम्रो जान्दोलन ! वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २२ औं राष्ट्रिय सम्मेलन ! ” भन्ने मुल नाराका साथ विद्यार्थी दिवसको दिन काठमाण्डौंमा उद्घाटन , जेठ २ र ३ बन्दसत्र र ४ गते पत्रकार सम्मेलन र घोषणा कार्यक्रम गर्ने निर्णय लिईएको छ ।
१) चिरन्जीवी ढकालको संयोजकत्वमा , ३८ सदस्सीय २२ औं राष्ट्रिय सम्मेलन आयोजक समितिको गठन गरिएको छ ।
३ ) २२ औं राष्ट्रिय सम्मेलनसंग सम्बन्धित निम्न उपसमितिहरु गठन गरिएको छ । जसमा
विधान तथा प्रतिवेदन लेखन उपसमितिः सयोजक चिरन्जीवी ढकाल , सदस्यहरु प्रकाश शाही , वीरेन्द्र विक , मिलन राई , वीरेन्द्र शाह , शारदा भण्डारी ।
जनपरिचालन तथा स्वयमसेवक एवं प्रचार / प्रचार उपसमिति संयोजकः रुद्र भट्टराई , सदस्यहरु नरेन्द्र विक ,नबराज भट्ट , मदन चन्द , पुष्प न्यौपाने ( कोशी ),प्रितिमा चौधरी ।
व्यवस्थापन उपसमिति संयोजक प्रकाश शाही ,सदस्यहरु वीरेन्द्र विक , हर्क विक , मुकुन्द श्रेष्ठ , मदन केसी , दर्शन नेपाली , प्रकाश जपेल , प्रकाश तिरुवा , रुपा बुढामगर ।
बार्थिक उपसमिति संयोजक नरेन्द्र बिक , सदस्यहरु . कलम बडुवाल , ललित विक र सबै क्षेसस संयोजकहरु ।
अतिथि व्यवस्थापन उपसमिति संयोजक सन्तोषी भट्टराई , सदस्यहरुः प्रकाश वास्तोला ,नताशा सुवेदी ।
वैज्ञानिक समाजवादी शिक्षा अध्ययन उपसमिति : सयोजक प्रकाश शाही , सदस्यहरु नरेन्द्र विक , मिलन राई हुने निर्णय गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?