ट्रेन्डीङ्ग

एकदिवसीय क्रीकेट : नेपाल धेरै खेल जित्नेमा तेस्रो स्थानमा

काठमाडौ । एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा परेको छ ।

आइसीसी एसिया क्रिकेटले सन् २०२३ मा एकदिवसीय खेलमा जित हात पारेको टोलीको सार्वजनिक गरेको सूचीमा नेपालले १५ खेल जितेको छ । २२ खेल खेलेको नेपाल १५ खेलमा जितसहित तेस्रो स्थानमा परेको हो।

यस्तै आइसीसी एसिया क्रिकेटले सन् २०२३ मा एकदिवसीय खेलमा भारतले ३२ खेल खेलेकोमा २५ मा जित हात पारेको छ। भारत एकदिवसीय खेल जित्ने टोलीमा शिर्ष स्थानमा रहेको छ।

यस्तै श्रीलङ्काले ३१ खेलमा १६ खेलमा जित हात पारेर दोस्रो स्थानमा रहेको छ भने २२ खेलेको दक्षिण अफ्रिकाले १५ मा जित हात पारेर चौथो स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?