ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीका उखु किसानलाई १५ करोड १२ लाख अनुदान रकम वितरण

परासी । पश्चिम नवलपरासीका उखु किसानले अनुदान रकम प्राप्त गरेका छन । कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत १५ करोड १२ लाख रुपैया रकम किसानलाई वितरण गरीएको हो ।

किसानले पाउनुपर्ने अनुदान रकम मध्य ६१ लाख रुपैया रकम सरकारले जिल्लामा पठाउन बाकीं छ । बाकीं रकम पनि पठाउन अर्थ मन्त्रालयलाई आग्रह सहितको पत्र पठाईएको छ ।

सरकारको निणर्य अनुसार किसानलाई प्रति क्विन्टल ७० रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइएको कोष तथा लेखा नियन्त्रक कार्यालय पश्चिम नवलपरासीका कोष नियन्त्रक प्रमुख परशुराम नेपाल बताए । आर्थिक वर्ष २०७९/०८० मा चिनी उद्योगलाई किसानले उखु उपलब्ध गराएको परिमाणको आधारमा अनुदान रकम वितरण गरीएको हो।

चिनी उद्योगले काष तथा लेखा नियन्त्रण कार्यालयमा पठाएको विवरण अनुसार गत आर्थिक वर्षमा चार वटा चिनी मिलले २२ लाख ४७ हजार ४ सय ७९ क्विन्टल उखु क्रसिङ गरेका छन । जसमा सबैभन्दा बढी बाग्मती चिनी उद्योगले १० लाख ८० हजार ८ सय ४५, इन्दिरा चिनी उद्योगले ७ लाख २२ हजार ९ सय २ , लुम्बिनी चिनी उद्योग सुनवलले ३ लाख ५६ हजार ४ सय ७४ र तत्व फर्मा प्रालिले ८७ हजार २ सय ५६ क्विन्टल उखु क्रसिङ गरेका थिए ।

गतवर्ष सरकारले उखुको प्रति क्विन्टल ६ सय १० रुपैयाँ समर्थन मूल्य कायम गरेको थियो । जसमा उखुको मूल्य प्रति क्विन्टल ५ सय ४० र ढुवानी भाडा वापतको प्रति क्विन्टल ७० रुपैयाँ सरकारले अनुदान वापतको रकम किसानलाई उपलब्ध गराएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?