ट्रेन्डीङ्ग

बर्दघाटमा दुई लाख १६ हजारको अवैध चिनी बरामद

परासी ।प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट लुकाइछिपाई राखेको अवैध चिनी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सेमरिको संयुक्त टोलीले पश्चिम नवलपरासीको बर्दघाट- १५ नौडिहवा स्थित एक घरमा भारतबाट भन्सार छली लुकाइछिपाई राखिएको दुई लाख सोह्र हजार बराबरको चिनी बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले ५४ बोरा (२७ क्विन्टल) २ लाख १६ हजार रुपैया बराबरको अवैध चिनी बरामद गरि आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?