ट्रेन्डीङ्ग

भुमहीमा मंसिर २४ गतेदेखि लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने

सुनवल । पश्चिम नवलपरासीको भुमहीमा लुम्विनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रदेश स्तरीय तेक्वान्दो समितिको आयोजानामा आगामी मसिर २४ गतेदेखि भुमहीमा प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने लागेको हो।

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका अध्यक्ष तपन कुमार केवटका अनुसार मसिर २४ गतेदेखि २६ सम्म आयोजना गर्ने लागेको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका १२ वर्ष माथिका एकल तथा विभिन्न उमेर समुहमा पुरुष तथा महिला गरि ३०० बढी खेलाडी सहभागी हुने बताए ।

प्रदेश सरकारको सहयोगमा हुन लागेको प्रतियोगितामा टीममा शिर्ष तिन स्थान हात पार्नेले क्रमश : टफ्री सहित प्रथमलाई गोल्ड मेडल र प्रमाण पत्र , दोश्रोलाई सिल्भर र प्रमाण पत्र साथै तेश्रो हुनेलाई कास्य र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष केवटले जानकारी दिए । उत्कृष्ट क्यारुगी , अनुशासित खेलाडीलाइ आकर्षक पुरस्कार रहेको छ ।

योंग गोर्खाली क्लब र रामनगर तेक्वान्दो एकेडेमी समन्यवमा प्रतियोगिता भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको मिडिया पार्टनर सफल पोष्ट रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal