बर्दघाट । उपमन्यु ऋषिका सबै सन्तानहरुलाई एकैपरिवारमा गोलबद्ध गराउनका लागि नेपाल ढकाल समाज प्रतिष्ठान लागि परेको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष टिकाराम ढकालले बताए।
शनिवार पश्चिम नवलपरासीको भुमहीमा नेपाल ढकाल समाज प्रतिष्ठान जिल्ला शाखा नवलपरासीले आयोजना गरेको जिल्ला भेलामा बोल्दै अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन ।
नामको पछाडी बिभिन्न उपनामहरु राख्ने प्रचलनका कारण सहगोत्रिय भित्रै पछिल्लो समय एउटै परिवार भित्रका दाजुबहिनी बिच बैबाहिक सम्बन्धका प्रस्तावहरु आउन सक्ने खतरा बढेर गएका कारणले त्यसको रोकथामका लागि पनि सबैढकालहरु एकै परिवारमा गोलबद्धहुन जरुरी रहेको बताए ।
नेपालका ७४ जिल्लाहरुमा पुगेर नेपाल ढकाल समाज प्रतिष्ठानका जिल्ला तथा पालिका स्तरका समितिहरु गठन गर्ने र ढकालहरुको अवस्थाका बारेमा जानकारी गराउने अभियानमा लाग्नु भएका केन्द्रिय अध्यक्ष ढकालले प्रतिष्ठानले देवघाटमा निमार्ण गर्न लागिएको ढकालहरुको कुल मन्दिर,ढकाल आश्रम र ढकाल गुरुकुलका वारेमा समेत जानकारी गराए ।
सोही कार्यक्रममा बोल्दै नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक खोमराज ढकालले ढकालहरुको उद्धगम स्थलका वारेमा अध्ययन अनुसन्धान शुरु गरीएको बताए। उनले ढकालहरुको कुलपुजा विधि र नेपालका बिभिन्न स्थानमा गरीने गरेको पुजासंगै बंशावलीका वारेमा आफ्ना भनाई राख्नु भएको थियो । त्यसैगरी देबघाटमा निमार्ण हुनगैरहेको कुलमन्दिरको सहयोगका लागि अपिल समेत गरेका थिए ।
जिल्ला अध्यक्ष यमप्रसाद ढकालको अध्यक्षता , सचिव देबराज ढकालको सञ्चालन र कृष्ण ढकालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बोल्दै नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रिय सल्लाहकार परिषद सदस्य तथा सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण ढकालले ढकालहरु आफ्नो गोत्रीयहरुका लागि मात्र नभै सबैका लागि सहयोगी भएको बताए ।
अरुको सहयोगका लागि मरिहत्य भएर लाग्ने ढकालहरु आफ्नो गोत्रिय दाजुभाईहरुका लागि झनै क्रियासिल हुने र नेपाल ढकाल समाज प्रतिष्ठानले अघि सारेको योजनालाई पुरा गर्न आफु पनि कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
यसअघि रुपन्देही,पाल्पा हुदै विहिवार गुल्मीको कालिगण्डकी गाउँ पालिका वडा नं ६ उपल्लो कोरयाङ्ग खड्गकोटमा ढकाल भेला सम्पन्न गर्न पुग्नु भएका केन्द्रिय अध्यक्ष ढकाल शनिवार पश्चिम नवलपरासी आएका हुन।
विहिवार नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय सदस्य राजेन्द्र ढकालको अध्यक्षता र केन्द्रीय सदस्य रामजी प्रसाद ढकालको सञ्चालनमा सम्पन्न भेलाले नेपाल ढकाल समाज प्रतिष्ठान गुल्मी जिल्ला तदर्थ संचालक समिति गठन गरेको थियो।
जस्को अध्यक्षमा शिवलाल ढकाल , सचिव कविराज ढकाल ,सह सचिव , ओबिदत्त ढकाल र कोषाध्यक्ष अर्जुन ढकाल रहनु भएको छ । त्यसैगरी सदस्यमा तिलकराज ढकाल ,घनश्याम ढकाल, उमानन्द ढकाल, कविराज ढकाल , छविलाल ढकाल,टिकाराम ढकाल र घनश्याम ढकाल रहनु भएको छ ।
त्यसैगरी सल्लाहकारमा तिलक प्रसाद उपाध्याय ढकाल र मुकुन्द प्रसाद ढकाल रहेका छन ।