ट्रेन्डीङ्ग

जसपाका प्रदेश समिति र राष्ट्रिय समिति आज पुनर्गठन हुने

काठमाण्डाै ।जनता समाजवादी पार्टी (जसपा)नेपालले आज प्रदेश समिति र राष्ट्रिय समिति पुनर्गठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बुवान राष्ट्रिय समिति आज पुनर्गठन गर्न लागिएको छ ।

पार्टीले सञ्चालन गरेको तिन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत संगठन गठन, पुनर्गठन तथा रुपान्तरणको कार्य अन्तर्गत बाँकी रहेका प्रदेश समिति र राष्ट्रिय पुनर्गठन हुन लागेको हो ।

पोखरामा हुन लागेको गण्डकी प्रदेश समिति पुनर्गठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् गण्डकी प्रदेश समिति इन्चार्ज शिवलाल थापा मगर र पाँचथरको फिदिममा हुन लागेको लिम्बुवान राष्ट्रिय समिति पुनर्गठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङलाई प्रमुख अतिथि रहने भएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal