
सुनवल । पश्चिम नवलपरासीको सुनवलमा आज देखी दोस्रो वडा अध्यक्ष कप पुरुष भलिबल कप-२०८० सुरु भएको छ ।
विजया दशमी,शुभ दिपावली,छठ पर्व एवं नेपाल संम्वतको अवसरमा आजदेखी सुनवल चौराहा सि गेटको प्रांगणमा प्रतियोगिता सुरु भएको हो।
दोस्रो वडा अध्यक्ष कप पुरुष भलिबल उपभोक्ता समितिको आयोजनामा आयोजित प्रतियोगिताको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको थियो ।
उपभोक्ता समितिका अध्यक्ष सन्जय कर्माचार्यको अध्यक्षतामा सुरु भएको कार्यक्रममा वडा नं १ का वडाध्यक्ष मानबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि थापाले युवा लक्षित कार्यक्रम अन्र्तगत भलिवल प्रतियोगिता आयोजना गरीएको भन्दै वडाले आयआर्जन, शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रमा पनि काम गरिरहेको बताए ।
कार्यक्रमको संचालन उपभोक्ता समितिका सचीव प्रदीप अर्यालले गरेका थिए ।
आजको उद्घाटन खेलमा वडा नं ४ विजय भएको खेल संयोजक देव बहादुर क्षेत्रीले जानकारी दिए । आयोजक र वडा नं. ४ विच भएको खेलमा वडा नं ४ ले आयोजकलाई हराएको हो । आज देखी सुरु भएको प्रतियोगिता आगामी मंसिर १० गतेसम्म संचालन हुनेछ ।
उद्द्घाटनमा वडा नम्बर ६ का वडा अध्यक्ष भिमलाल चापागाईं शर्मा,पुर्व वडा अध्यक्ष वीर बहादुर गुरुङ ,भलिबल संघ लुम्बिनी प्रदेश उपाध्यक्ष रमेश कर्माचार्य ,नवलपरासी जिल्ला उपाध्यक्ष बिजय कर्माचार्य,शुदर्शन पहारी लगायतको उपस्थित रहेको थियो ।
प्रतियोगितामा आयोजक र वार्ड नम्बर ७ को २/२ टिम सहित १५ टिम सहभागि छन।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र,द्धितिय हुने टिमलाई १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमलाई ८ हजार ट्रफि, मेडल र प्रमाणपत्र र सान्त्वना हुने टिमलाई ५ हजार ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरीने छ ।