
परासी । नेपाल महिला संघ जिल्ला कार्य समिती पश्चीम नवलपरासीको तदर्थ समितीको पदस्थापना तथा सपथ ग्रहण आज एक कार्यक्रम विच परासीमा सम्पन्न भएको छ ।
परासी स्थित बिपी स्मृति भवन परिसरमा भएको नेपाल महिला संघ जिल्ला कार्य समिती पश्चीम नवलपरासीका अन्तर्गत संघीय, प्रादेशीक तथा स्थानिय पालिका लगायतका समितीमा मनोनय गरिएका पदाधिकारी तथा सदस्यहरुलाईे पदस्थापना तथा सपथ ग्रहण गराईएको हो ।
महिला संघकी सभापती तारा देवी भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख आथित्यता र पार्टीका केन्द्रिय सदस्य एंवम् प्रतिनिधी सभा सदस्य विनोद चौधरी बिशेष आथित्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा मनोनयन भएका पदाधिकारी एवंम् सदस्यहरुलाई महिला संघकी केन्द्रिय अध्यक्ष उषा मिश्राले सपथ ग्रहण गराएकि हुन ।
कार्यक्रममा प्रमुख अतिथी कण्डेलले पार्टीमा महिला संघको ईतिहासदेखी बर्तमान अवस्थासम्म महत्वपुर्ण भुमीका रहेको बताए । संघीय सांसद बिनोद चौधरी र महिला संघकी केन्द्रिय अध्यक्ष उषा मिश्राले पार्टीले हरेक तहमा महिलालाई सवै स्थानमा उचित ब्यवस्थापन गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य बैजनाथ जयसवाल ,नेपाली कांग्रेसका नेता मोहन शर्मा , महिला संघकी केन्द्रिय सदस्य कमला तिवारी , लोकतन्त्रवादी आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष टिचन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।