ट्रेन्डीङ्ग

डन्डामा ट्रक र कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

कावासोती । पूर्वी नवलपरासीको डन्डामा भएको सवारी दुर्घटना १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डन्डामा मंगलबार कार र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी बेदबहादुर पौडेलका अनुसार लु २ ख ५८०५ नम्बरको ट्रकले लु ३ च १०२४ नम्बरको कारलाई ठक्कर दिँदा रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका ८ का ५९ वर्षीय हरिषचन्द्रमान श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारको क्रममा मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो ।

घाइते भएका सर्लाही जिल्ला चन्द्रनगर गाउँपालिकाका २८ वर्षीय सरोज कुमार शाह र २१ वर्षीय सरस्वती शाह सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal