ट्रेन्डीङ्ग

सुदुरपश्चिम विश्वविधालयलाइ ५ विधार्थी संगठनको चेतावनी,वृद्धि शैक्षिक शुल्क खारेज गर

कञ्चनपुर।सुदुरपश्चिम विश्वविद्यालयले मापदण्ड विपरीत शैक्षिक शुल्क वृद्धि गरेको भन्दै अखिल (क्रान्तिकारी) सहित ५ विधार्थी संगठनले वृद्धि गरिएको रकम खारेज गर्न माग गरेका छ ।

अखिल (क्रान्तिकारी ) सहित ५ विधार्थी संगठनले संयुक्त विज्ञप्ति मार्फत वृद्धि गरिएको अवैधानिक शुल्कवृद्धि खारेज गरी विगतमा लिइदै गरेको शैक्षिक शुल्क कायम गर्न आग्रह गरेका छ्न । वृद्धि गरिएको शुल्क कायम राखी तोकिएको भर्ना यथाशीघ रोक्न ३ दिन भित्र माग सम्बोधन गर्न अल्टिमेटम दिएका छ्न ।

विज्ञप्तिमा भनिएको छ नेपाल सरकारको पूर्ण स्वामित्व रहेको सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका कार्यकारी परिषद समेत अपूर्ण रहेको अवस्थामा दुई जना पदाधिकारीले विश्वविद्यालय , ऐन नियमावली माथि प्रहार गर्दै विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकारमाथि कुठाराघात गरिएकोमा ध्यानाकर्षण गरेका छ्न ।

शैक्षिक गुणस्तरमा विकास गरी वैज्ञानिक परिवेश सुहाउदो शैक्षिक प्रणाली लागु गर्नुपर्ने अवस्थामा उल्टै शुल्क बृद्धि गरी विद्यार्थीलाई आफ्नो पढ्न पाउने अधिकारबाट समेत बञ्चित गरिनुपर्ने निणय कहासम्मको हास्यास्पद हो विज्ञप्ति उल्लेख्य छ ।

विज्ञप्तिको अन्त्यमा विश्वविद्यालय प्रशासनलाइ हाम्रो संयुक्त मागलाई ३ दिन भित्र सम्बोधन नगरी वेवास्ता गरिएको खण्डमा कडा कदम चाल्न वाध्य हुने चेतावनी दिन दिएका छन ।

विज्ञप्तिमा डिनको कार्यालय ,रजिष्टारको कार्यालय उपकुलपतिको कार्यालयलाई बोधार्थ राखी संयुक्त ५ विधार्थी संगठन विज्ञप्ति निकालेका छन्।विज्ञप्तिमा हस्ताक्षर गर्नेहरुमा अखिल क्रान्तिकारीको तर्फबाट सुपवी अध्यक्ष टेकेन्द्र पाठक,अनेरास्ववियुको तर्फबाट सुपवि अध्यक्ष रोहित गजुरेल,नेविसंघको तर्फबाट राजेश प्रसाद जोशी नेविसंघ निवर्तमान समन्वय समिति सचिव, अखिल (क्रान्तिकारी) गणेश राज मिश्र, अखिल (छैठौं)को तर्फबाट सुपवि अध्यक्ष दिपेन्द्र कार्की लगायतले हस्ताक्षर गरेका छन् ।संयुक्त विज्ञप्ति :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?