ट्रेन्डीङ्ग

गोरखाको धार्चेमा आगलागी हुँदा आमाछोराको मृत्यु

गोरखा । गोरखाको धार्चे गाउँपालिका-१ हुल्चुकको एउटा घरमा गएराति आगलागी हुँदा आमाछोराको जलेर ज्यान गएको छ ।

राति १० बजेतिर भएको आगलागीमा परेर ७८ वर्षकी कान्छी गुरुङ र उहाँका ५३ वर्षका छोरा चनारसिंङ गुरुङको ज्यान गएको वडाध्यक्ष रामसिंह गुरुङले जानकारी दिए।

घरमा आमाछोरा मात्रै बस्दै आएका र छोरा चाहिँ बोल्न तथा सुन्न नसक्ने खालको अपाङ्गता भएका र मानसिक अवस्था पनि ठिक नभएको रहेका वडाध्यक्ष गुरुङले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?