
काठमाडौं । टि -२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएकाे छ ।
सुपर ओभरमा पुगेको खेलमा नेपाल पराजित भएको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनाएको थियो ।
ओमानले पनि निर्धारित ओभरमा १ सय ८४ रन बनाएपछि खेल सुपरओभरमा पुगेको थियो । सुपरओभरमा ओमानले २१ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले लक्ष्य भेटाउन सकेन ।