ट्रेन्डीङ्ग

महिलालाई सविधानले अधिकार सुनिश्चित गरेको छ:नगर प्रमुख भुसाल

अनिल नेपाली
अर्घाखाँची ३ चैत
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले महिलाहरुलाई महिला भएकै कारण दुःख पाए भन्ने सोच हटाउँन आग्रह गर्नुभएको छ ।।

लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा स्थानीय तहको भुमिका विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै उहाँले महिलाहरु महिला भएकै कारण दुःख पाए भन्ने सोँचका कारण पछि परेकाले यस्तो सोँच हटाउँन आग्रह गदै संविधानले महिलाहरुका हक अधिकारलाई सुनिश्चीत गरेको र स्थानीयतहले पनि धेरै अबसर दिएकाले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो कार्यक्रम सञ्चारीका समुह लुम्बिनी प्रदेशको समन्वय र सन्धिखर्क नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा,अनेमसंघ केन्द्रिय सचिवालय सदस्य छमकुमारी खनाल चिनारी, महिला संघ जिल्ला सचिव छमा कार्की, अनेमसंघ केन्द्रिय सदस्य ईश्वरा पोख्रेल, कल्पना पोख्रेल, अन्तर पार्टी महिला संञ्जाल जिल्ला समन्वय सचिव माधवा भुसाल, कार्यपालिका सदस्य श्रीर्जना बिक,नगरसभा सदस्य आशा परियार लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नगरसभा सदस्य,कार्यपालिका सदस्य,स्वयमसेविका, बिभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक को अध्यक्षता नगर प्रवक्ता तथा वडा नं ३ का वडाध्यक्ष लिलाराम गौतमको स्वागत मन्तब्य र पुष्पा भुसालको संचालनमा सम्पन्न कार्यक्रमको सहजिकरण संञ्चारीका समुह लुम्बिनी प्रदेश महासचिव अमृता अनमोलले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal