ट्रेन्डीङ्ग

त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र यूएई भिडदै

काठमाडौ । काठमाडौंमा जारी त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दैछन ।

किर्तिपुर स्थित त्रिवि मैदानमा हुने आजको खेल बिहान ११ बजेबाट सुरु हुनेछ।

सिरिजमा चार वटै खेलमा शानदार जितसहित नेपाल फाइनलमा पुगेको हो भने युएई रनरेटको आधारमा फाइनल प्रवेश गरेको हो।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?