ट्रेन्डीङ्ग

एसिसी अन्डर-१९ प्रिमियर कप : नेपालद्वारा यूएईलाई २८१ रनको लक्ष्य

काठमाडौं । यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले कप्तान देव खनालको शतकको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो ।

नेपालको सुरुवात भने खराब थियो । १४ रन जोड्दा २ विकेट गुमाएको नेपालका लागि खनालले कप्तानी पारी खेले । उनले तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए । त्यसपछि उत्तम थापा मगरसँग ४५ रनको साझेदारी गरेका खनाल शतक बनाएर आउट भए ।

उनले ९० बलमा शतक रन पुरा गरेका थिए । थप दुई बल सामाना गरेका उनी १०० रनमै आउट भए ।
उत्तमले पनि अर्धशतक पुरा गरे । पाँचौं विकेटका दिपक डुम्रेका लागि ५८ रनको साझेदारी गरेका उत्तम ५३ रनमा आउट भए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal