ट्रेन्डीङ्ग

शिक्षिका कमलाको गीति एल्बम ‘मुना’ सार्वजनिक

गोपीकृष्ण रेग्मी चैत्र,२ स्याङ्जा स्याङ्जाको वालिङ नगरपालिका वडा न.७ मा रहेको बाल सिद्ध मावी केवरेमा शिक्षण पेसामा आवद्ध शिक्षिका कमला सिग्देलको सामाजिक बिषय वस्तुमा आधारित गीति एल्बम मुना सार्वजनिक भएको छ ।
सामाजिक विषयवस्तुमा आधारित गीति एल्बम ‘मुना’ ले अति नैं रोचक ढंगबाट समाजको दर्पणछायाँ उतार्न सफल भएको छ । ‘मुना’ एउटा यस्तो गीति कथा हो जहाँ हजारौ चेलीहरुको दुःख पीडालाई चित्रण गरिएको छ । यहाँ यस्ता हजारौं विदेशिएका युवाहरु छन् केही युवाहरु आफ्नो उद्देश्य पूरा गरी घर फर्कन्छन्, केही बाकसमा फर्कन्छन् भने केही विदेशमै बेपत्ता भएका छन् । समाजका यिनै घटनाक्रमलाई यथार्थ ढङ्गले देखाइएको छ मुनामा । घरको चुहिएको छानो टाल्ने, बिहान बेलुकाको मानो टार्ने जस्ता सामान्य सपनालाई ब्यँुताउने कोशिसमा विदेशिएका युवाहरुले भोग्नुपरेको दुरावस्थालाई गीतको माध्यमबाट उजागर गर्ने कोशिस गरिएको छ । दुर्गम गाउँमा हुर्किएकी चेली, विदेशिन बाध्य उनका पिता र अभावै अभावको एक्लो जीवनमा खेप्नुपरेको उनको आमाको पीडासहितको जीवन वृत्तान्तलाई म्युजिक भिडियो मार्फत प्रस्तुत गरिएको छ ।
यो गीत युट्युव च्यानल जोजस क्रियशन प्रा.लि. बाट सार्वजनिक भएको हो । गीतमा कमला अधिकारीकै शब्द तथा लय रहेको छ । गणेश अधिकारी, पुष्पा न्यौपाने र अंशु खनालद्वारा अभिनित म्युजिक भिडियोमा स्वामी ध्यान गगनको कथा तथा परिकल्पनालाई विष्णु भट्टराईले निर्देशन गरेका छन् । शिक्षण पेशामा आवद्ध कमला अधिकारी गायन सँगै लेखन कार्यमा पनि सक्रिय हुनुहुन्छ। उहाँको यस गीति कथामा आधारित पुस्तक मुना पनि छिट्टै बजारमा आउँदैछ ।
गायिका अधिकारीले हामीसँगको भेटमा भन्नुभयो “मेरो यो पहिलो प्रयास हो । सानै हुँदादेखिको सपना पुरा भएकोमा निक्कै खुसी लागेको छ ।” अग्रजहरुको मार्गदर्शनबाट नै गायन क्षेत्रमा लाग्ने प्रेरणा मिलेको बताउदै अधिकारीले थप्नुभयो “जसरी शिक्षाले बुद्धिको विकास गर्छ त्यसरी नै कलाले हृदयको विकास गर्छ । त्यसैले म बुद्धि र हृदय दुवैलाई संगसंगै विकासको गतिमा अगाडी बढाउने योजना अनुसार यस क्षेत्रमा लागें ।”उहाँको भनाइ छ ।म्युजिकभिडियो :

    • https://youtu.be/ZNFQoRMl2Dc

https://youtu.be/ZNFQoRMl2Dc

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal