ट्रेन्डीङ्ग

सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिं को २१ औं बार्षिक साधारणसभा सम्पन्न

बर्दघाट। बर्दघाट ४ आनन्दनगरमा रहेको सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिं को २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सोमबार सम्पन्न भएको साधारण सभामा बोल्दै बर्दघाट नगरपालिकाका प्रमुख सम्भुलाल श्रेष्ठले राज्यको अर्थतन्त्र अस्तब्यस्त रहेको बताए ।अहिले देश रेमिट्यान्स र सहकारीले चलेको भन्दै खाई नखाई सहकारीमा रकम ज्म्मा गर्ने बानीले पछि सहज हुने श्रेष्ठले बताए ।

श्रेष्ठले रोजगारमुलक कार्यक्रम राखेर शेयर सदस्यहरुलाई स्वरोजगार बनाउन सक्नुपर्ने बताए । उनले बर्दघाटमा केही सहकारीहरु आएको र अहिले वचतकर्ताहरुको बिचल्ली गराएर गएको भन्दै स्थानिय सहकारीहरुको मर्म बुझेका व्यक्तिहरु आबद्ध भई संचालन गरिएको सहकारीमा कारोबार गनूपर्ने बताए । त्यस्तै बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बेधविना तिवारीले बर्दघाट ४ मा रहेर धेरै शेयर सदस्यहरुको वचतको उचित परिचालन गरेको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष जित बहादुर श्रेष्ठले वार्षिक प्रतिवेदन, कोषध्यक्ष प्रितम सिंह कुर्मीले वार्षिक आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक सुखाराम चौधरीले लेखा सुपरिक्षण समितिको प्रतिवेदन, ऋण उप–समिति संयोजक लालबहादुर अधिकारीले ऋण समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लेखा परिक्षण प्रतिवेदन अनुमोदन गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट जेष्ठ नागरिक बचत मुक्ति प्रसाद भट्टराई, एसईई परिक्षमा उत्कृष्ट नतिजा ल्याउने सोयम पाण्डे, उत्कृष्ट ऋणी ओम प्रकाश डुमे्र, उत्कृष्ट कर्मचारी कल्पना देवी क्षेत्री स्रम्मानीत भएका छन् ।

संस्थाको कुल पुँजी १८ करोड ९५ लाख २७ हजार ७ सय २४ रुपैयाँ, शेयर पुँजी ३ करोड २४ लाख ३१ हजार ८ सय रुपैयाँ, कुल बचत १४ करोड ५३ लाख २६ हजार ४ सय ५२ रुपैयाँ, लगानीमा रहेको रकम १८ करोड ७ लाख, २७ हजार ४ सय ६१ रुपैयाँ, कुल आय २ करोड ५४ लाख ९२ हजार ८ सय ३५ रुपैयाँ, कुल खर्च २ करोड १५ लाख ८५ हजार ९ सय ४५ रुपैयाँ रहेको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष जित बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका सचिव टेक बहादुर क्षेत्री र स्वागत बरिष्ठ उपाध्यक्ष डालाराज पाण्डेले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal