ट्रेन्डीङ्ग

छैटौं नवलपरासी औद्योगिक व्यापार मेला मंसिर ५ गतेदेखि हुने

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा नवलपरासी औद्योगिक व्यापार मेला आयोजना गरीने भएको छ ।

उद्योग बाणिज्य संघ नवलपरासीको आयोजनामा आगामी मंसिर ५ गतेदेखि १७ गतेसम्म रामग्राम नगरपालिका-१२ शान्तिचौरमा छैटौं औद्योगिक व्यापार मेला आयोजना गरिएको हो ।

उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष ओम प्रकाश अग्रहरीले जानकारी गराएका थिए । धार्मिक तथा पर्यटन प्रबर्द्धन सहित औद्योगिक क्षेत्रको बिकासका लागि १२ दिनसम्म सँचालन हुने मेलामा करिव दुइ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

नेपालका घरेलु,साना,मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशी वस्तुहरु र पहाडी,कृषिजन्य उत्पादनको प्रदर्शनी गरिने जानकारी गराइएको थियो। करिव २ सय स्टल रहने मेलामा प्रदर्शनी तथा विक्री कक्ष,साँस्कृतिक तथा साँगितिक क्षेत्र,बाल उद्यान एवं मनोरन्जन ,झरही खोलामा बाध बाधेर टुङ्गा सफारी गर्ने व्यवस्था गरिने अध्यक्ष अग्रहरीले बताए । मेला सम्पन्न गर्न विभिन्न उपसमिति बनाएर तयारी तिव्र पारिएको संघले जनाएको छ । मेलामा विद्यार्थिलाई ५० र अन्यलाई ७० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेशसभा सदस्य वैजनाथ कलवारले कोभिड तिन वर्षसम्म ठप्प रहेको व्यापार मेलाले यस क्षेत्रको विकासमा टेवा पुर्याउने भन्दै भुमहि भैरहवा हुलाकि सडक खण्डले विगतमा यस क्षेत्रको विकासमा ठुलो भुमिका खेलेको बताउदै कलवारले अब महेसपुर नाका हुदै परासी, सुनवल बाट महलपोखरी हुदै पाल्पासम्मको सडक विस्तार भए विकासको गति बढ्ने विश्वाश व्यक्त गरे ।

त्यसै गरी वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारीले पर्यटन प्रर्वद्धन र आर्थिक विकासमा मेला महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह बताए ।

सघकि सचिव सचिव तारा आचार्यको संचालनमा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी लगाएतले बोएका थिए । मेलाले यस क्षेत्रको कृषि पर्यटन एवं औद्योगिक विकास संगै धार्मिक एतिहासिक तथा सांस्कृतिक, पर्यटकिय र जैवीक विविधताको संरक्षण तथा प्रचारप्रसार हुनुका साथै समग्र आर्थिक तथा समाजिक विकासमा टेवा पुर्याउने विश्वास लिईएको छ ।

मेलामा करिव ५ करोड रुपैयाँको कारोवार हुने आँकलन आयोजकको रहेको छ । नवलपरासी उद्योग वाणिज्य सँघ मुख्य आयोजक रहेको मेलाको रामाग्राम नगरपालिका संरक्षक रहेको र अन्य संस्था संग समन्वय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?