ट्रेन्डीङ्ग

राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुनः बिनोद पहाडि निर्वाचित

अनिल नेपाली,चैत १ बुटवल । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको बुटवलमा शुक्रबार देखि चलेको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आइतबार बिहान सम्पन्न भएको छ । सम्पन्न महाधिवेशनले संघको सस्थापक अध्यक्ष बिनोद पहाडीलाई पुन: अध्यक्षमा सर्वसम्मत निर्बाचित गरेको छ । संविधान सभा सदस्य रहि सकेका पहाडी नेपाल पत्रकार महाससंघ रुपन्देहीका पुर्व अध्यक्ष समेत हुन ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, खुल्ला उपाध्यक्ष मिलन परियार, प्रदेश उपाध्यक्षहरुमा पर्वर पोर्तेल, भोला पासवान, बुद्धि बिश्वकर्मा दिपक परियार, बिनोद परियार, टेकेन्द्र बिश्वकर्मा र करन ताम्राकार, सर्वसम्मत निर्वाचित भएका छ्न । महासचिवमा लक्ष्मण दर्नाल निर्बाचित भएका छन । सचिवहरूमा सन्तोष गन्धर्व , रिता बुढाथोकी , बिरु नेपाली निर्बाचित भएका छन ।


कोषाध्यक्ष भिम बहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन । पदाधिकारी सहित ४१ सदस्यीय केन्द्रिय कमिटी निर्बाचित भएका छन्। त्यस्तै ३ सदस्यीय अनुसासन आयोग समेत गठन भएको छ । केन्द्रीय सदस्य खुल्लातर्फ अम्मर सुनार , राधेश्याम बिक , प्रमिण गजमेर , प्रेम सुनार , सरिता बराइली , मानसिङ्ग बिक , पिबि दियाली , फुलि सुनार सन्जय सौगात , राजेश सुनाम , वसन्त बिक , भिम बहादुर नेपाली गन्धर्व , राजन गाउले , वसन्त बिश्वकर्मा , किशान सङ्गित नेपालि निर्वाचित भएका छन ।

महिला सदस्य पुर्णिामा जनला, राधा नेप,अनित कुमारी , सुनित नेपाली ,शान्ति गज्मेर, र मालती बि क निर्वाचित भएका छन । नवनिर्वाचित केन्द्रिय समितिलाई निर्वाचन मण्डलका अध्यक्ष अधिबक्ता , मोहन सङ्कर सुन्दर गहतराज, खिमलाल भुसाल , बरिस्ठ पत्रकार उमिद बागचन , नेपाल पत्रकार महा संघका केन्द्रिय सचिव रेम बिश्वकर्मा र राज्य टेलिभिजनका प्रबन्ध निर्देशक बिष्णु प्रसाद भुसालले शुभकामना मन्तब्य राखेका थिए ।

सपथग्रहण पछि पहिलो बैठक बस्दैछ । शुक्रबार पुर्वप्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष प्रचन्डले महाधिवेशनको उदघाटन गरेका थिए भने नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले सम्बोधन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?