ट्रेन्डीङ्ग

शिक्षक आन्दोलनको सोधभर्ना गर्दै सुनवलका सामुदायिक विद्यालयमा शनिबार पठनपाठन

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका भित्रका सबै विद्यालयहरुले शनिबार पनि पठनपाठन संचालन गरेका छन।

विद्यालय विधेयकको बिरोधमा काठमाडौ केन्द्रित आन्दोलनमा सहभागी हुँदा बिद्यार्थीहरुको पठनपाठन प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै शनिबार पनि विद्यालय संचालन गरेको विद्यालयहरुले जनाएका छन।

सुनवल नगरपालिका भित्रका सबै सामुदायिक बिधालयका प्रअहरुको बैठकद्वारा दुई दिन अबरुद्ध भएको पठनपाठन १३ गते र २७ गते संचालन गर्ने निर्णय गरेको महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयका प्रध्यानाध्यापक खेमलाल जोशी शर्माले बताए।

यता विद्यालय ब्यवस्थापन समिती महासंघले शनिबार भएको पठनपाठनलाई सकारात्मक लिएको छ।शिक्षकहरु आन्दोलित हुँदा बन्द भएको पठनपाठन विभिन्न विकल्पद्वारा शोधभर्ना गर्ने भनी गरिएको प्रतिबद्धता अनुरुप पठनपाठन संचालन हुनु जायज भएको विद्यालय ब्यवस्थापन समिति महासंघ सुनवलका अध्यक्ष सुर्य न्यौपानेले बताए ।

शनिवार विद्यालयहरु संचालन हुँदा बिद्यार्थीहरुको उपस्थिति भने न्यून रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?