ट्रेन्डीङ्ग

जनपत्रकार भक्तपुरमा सोभराज बरालको संयोजकत्वमा ७ सदस्यीय सम्मेलन आयोजक समिति गठन

काठमाडौं ।जनपत्रकार संगठन नेपाल,भक्तपुरको शोभराज बरालको संयोजकत्वमा ७ सदस्यीय सम्मेलन आयोजक समिति गठन भएको छ । शनिबार सम्पन्न भेलाले बरालको संयोजकत्वमा ७ सदस्यीय आयोजक समिति गठन गरेको हो ।

सम्वाद चौतारीमा आयोजित भेला संगठनका केन्द्रीय संयोजक शेरवहादुर विश्वकर्मा (दर्शन) को प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । संगठनले विभिन्न खालका अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, जनपक्षिय पत्रकारीता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा छलफल र बहस गर्ने निणर्य गरेको छ ।

उक्त भेलामा नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला इन्चार्ज विजय र सेक्रटरी सुजनको उपस्थिति रहेको थियो । भेलामा बोल्दै इन्चार्ज विजयले भक्तपुरमा भइरहेको बेथिति र विसंगतिहरुको उजागर गर्दै जनताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।

उक्त भेलालाई सम्बोधन गर्दै जनपत्रकार संगठनका संयोजक दर्शनले जनपक्षिय पत्रकारिताका लागि कुनैपनि प्रकारको सम्झौता नगर्न सबै पत्रकारलाई आग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?