ट्रेन्डीङ्ग

मानव अधिकार तथा शान्ति समाज नवलपरासीको २३औं साधारणसभा सप्पन्न

सुनवल । मानव अधिकार तथा शान्ति समाज नवलपरासीको २३ औं साधारणसभा सम्पन्न भएको छ ।

समाजका सभापति गणेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले मानव अधिकार हनन भएपछि भन्दापनी नहुदै सचेत गराउन जोड दिए ।

त्यस्तै सांसद बस्नेतले चुरे क्षेत्रको संरक्षण सगै व्यवस्थित र वैज्ञानिक तरिकाले प्रयोग गर्दै आर्थिक बिकास संग जोड्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रम विशेष अतिथि एवं सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले चोरीपैठारीले चुरे क्षेत्र प्रभावित भएको र संरक्षणका त्यसका लागी स्थानीय सरकार सहाकार्य गर्न तयार रहेको बताइन ।

कार्यक्रममा केन्द्रिय बरिस्ठ उपाध्यक्ष कृष्ण रावल,निर्वतमान केन्द्रिय सभापति गोविन्द खनाल,केन्द्रिय सदस्य मिना ढकाल ,सुनवल प्याब्सन अध्यक्ष कृष्णप्रसाद शर्मा,जनकल्याण बहुउद्देश्यीय सहकारीका अध्यक्ष दयाराम भण्डारी लगायतले मानव अधिकार सगै वातावरण संरक्षणमा विषय आ-आफ्नो धारणा राखेका थिए ।

विभिन्न संघसंस्थाका प्रतिनिधि सहित मानव अधिकार कर्मी उपस्थिति रहेकोे कार्यक्रमको संचालन समाजका सचीव शिव पौडेलले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?