
सुनवल । नगर स्तरीय तिज गित नृत्य प्रतियोगिता प्रथम स्थान हासिल गरेका विद्यार्थीलाई सुनवल लोटस ई.सेकेण्डरी स्कुलले सम्मान गरेको छ ।
विद्यालयले एक कार्यक्रम गर्दै विद्यार्थी र कार्यक्रममा खटिएका शिक्षिकालाई प्रमाणपत्र र नगदसहित बधाई तथा सम्मान गरेको हो ।
गत सोमबार सुनवल डान्स एकेडेमी तथा सहकार्य इभेन्टसद्वारा हरितालिका तिजको अवसरमा आयोजित नगर स्तरीय तिज गित नृत्य प्रतियोगितामा प्रथम भएको थियो ।