सुनवल । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरुले काठमाडौँमा जारी गरेको आन्दोलन स्थानीय तहहरुमा देखिएको छ ।
आन्दोलनको दोस्रो दिन पश्चिम नवलपरासीको सुनवल नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक नगरपालिकामा धर्ना बसेका छ्न ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ गएका छन भने काठमाडौमा उपस्थित हुन नसक्ने शिक्षकहरु महासघकै निर्देशनमा धर्नामा बसेको शिक्षक महासंघ सुनवलका कार्यबाहक अध्यक्ष शिव प्रसाद ढकालले बताए।
धर्नामा सुनवल नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुको उपस्थित रहेको शिक्षक महासंघ सुनवलका उपाध्यक्ष रमेश पौडेलले जानकारी दिए ।
शिक्षकहरू आन्दोलनमा उत्रिएपछी सामुदायिक बिधालयहरु बन्द भएका छन । हिजो बुधबारदेखि अनिश्चितकालसम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुदा बिद्यार्थी तथा अभिभावक भने अन्योलमा परेका छन।