ट्रेन्डीङ्ग

कर्मचारीलाई हराउदै मैत्रीपुर्ण फुटबलको उपाधी पत्रकार र जनप्रतिनिधिलाई

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा संविधान दिवसको अवसरमा आयोजित गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टोलीले जित हात परेको छ।

संविधान दिवस जिल्ला मुल समारोह समितिद्धारा आयोजित प्रतियोगितामा पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टिम र राष्ट्रसेवक कर्मचारीहरुको अर्को गरी दुई टिमको सहभागिता रहेको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा पत्रकार र जनप्रतिनिधिहरुको टोलीले कर्मचारीहरुको टोलीलाई ४–३ को गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । खेल सुरु भएको केहि मिनेटमै कारागार कार्यालय परासीका कर्मचारी देव थापाले कर्नरबाट प्राप्त बललाई गोलको दिशा देखाउदै कर्मचारीको टिमले अग्रता बनाएको थियो । 

पहिलो हाफमा २-२ गोलको बराबरी खेलका दुवै टिमले दोस्रो हाफमा खलाडी परिर्वतन गर्दे कडा प्रतिस्पर्धा गरेका थिए । दोस्रो हाफमा कर्मचारीको टिमले पुन एक गोल थप गर्दे अग्रता बढाएपनि जनप्रतिनिधि र पत्रकारको संयुक्त टोलीले निरन्तर दुई गोल थपेपछि कर्मचारीको टोली उपविजेतामा सिमित भएको हो । खेलमा दुई गोल गर्ने संञ्चारकर्मि जितेन श्रेष्ठ सर्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत भए भने उत्कृष्ट खेलाडीको रुपमा कारागार कार्यालयका देव थापाले ट्रफि हात पारे । मैत्रिपुर्ण फुटवलको विजेता टोलीलाई प्रदेशसभा सदस्यद्वय वैजनाथ कलवार र खड्ग बस्नेतले ट्रफि प्रदान गरेका थिए। 


प्रतियोगितामा जिल्ला समन्वय प्रमुख,पालिका प्रमुख, नगर प्रमुख ,गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, चार वटै सुरक्षा निकायका प्रमुख,कार्यालय प्रमुख र पत्रकारहरुले सहभागिता जनाएका थिए ।

जिल्ला मुल समारोह समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा रामग्राम नगर उपप्रमुख सम्झना चौधरी, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा लगाएतले बोलेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal