ट्रेन्डीङ्ग

विप्लव नेकपा र बुढाथोकी नेतृत्वको माओवादी केन्द्रबीच तीन बुँदे सहमति

नवलपरासी । विप्लव नेतृत्वको नेकपा र कर्णजीत बुढाथोकी नेतृत्वको नेपाल कम्‍युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच तीन बुँदै सहमति भएको छ ।

सहमति अनुसार दुवै पार्टीले दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा सहकार्य गर्ने र क्रान्तिकारी बीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने संयुक्त विज्ञप्तमा उल्लेख छ ।

सरकारसँग सहमति गरेर प्रतिबन्ध फुकुवा भएसँगै विप्लवले राजनीतिक भेटघाट तथा औपचारिक कार्यक्रमहरुमा सहभागी हुन थालेका छन् ।
विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?