ट्रेन्डीङ्ग

नगर स्तरिय अन्तर मा.वि. तिज गित प्रतियोगीतामा रमावापुर मावि प्रथम

सुनवल।सुनवल नगरपालिका स्तरिय अन्तर मा.वि. तिज गित प्रतियोगीता रमावापुर मावि सुनवल-४ मा सम्पन्न भएको छ । रमावापुर माविको आयोजना तथा सुनवल नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको प्राविधिक सहयोगमा बाल दिवस र तिजको अवसर पारेर तिज गित प्रतियोगीता गरिएको हो।

प्रतियोगितमा रमावापुर मावि प्रथम,जनसेवा मावि दोस्रो र महाकवी देवकोटा नमुना मावि स्वाठि तेस्रो भएको विद्यालयका प्रअ फान प्रसाद श्रेष्ठले जानकारी दिए । त्यस्तै धान्यान्चल मावि र ज्योति मावी सान्त्वना पुरस्कार प्राप्त स्थान हासिल गरेको छन ।

विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष तारा बरालको अध्यक्षतामा सुरु भएको कार्यक्रमको लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि बस्नेतले विधालयको भौतिक तथा गुणस्तरीय शिक्षालाइ अगाडी बढाउन लागि परेको बताए । उनले सस्कृतिको सरक्षण गर्न विधालयले विभिन्न किसिमका कार्यक्रम गर्नु पर्नेमा जोड दिए।

त्यसैगरि सुनवल नगर प्रमुख विमला अर्यालले पछिल्लो समय तिजको भड्किलो किसिमले मनाउने गरेको भन्दै विधालयले यस्ता किसिमका प्रतियोगिता गर्दा नया पुस्ताले हाम्रा कला सस्कृतिको सरक्षण हुने विश्वास व्यक्त गरिन ।

त्यसै कार्यक्रममा सुनवल नगरपालिका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद गोतामे,सुनवल विधालय व्यवस्थापन समिति संजालका अध्यक्ष सुर्य प्रसाद न्यौपाने,लगाएत शैक्षिक एवं वौद्धिक व्यक्तित्व र विद्यार्थीहरुको उपस्थीति रहको कार्यक्रमको संचालन रमवापुर माविकी शिक्षिका तारा पन्थी र कविता सुवेदीको संयुक्त रुपमा संचालनमा गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal