ट्रेन्डीङ्ग

क्रान्तिकारी युवा संगठन नवलपरासीको संयोजकमा तरुण श्रीस

परासी । क्रान्तिकारी युवा संगठन नेपाल जिल्ला समिति नवलपरासी पश्चिमको एकता भेलाले तरुण श्रीस मगरको संयोजकत्वमा १५ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति निर्वाचित गरेको छ ।

सोमवार बर्दघाट-२ चिसापानीमा सम्पन्न एकता भेलाले रमेश शर्मा , सन्तोष मुसहर, अजय पत्थरकट्टा, देबेन्द्र बस्नेत, उज्जवल भण्डारी, मदन पोखरेल, अशोक यादव, समसुल मियाँ , निश्चल गिरी, आकाश गौतम, बिमला गिरी लगायतलाई सदस्यमा निर्वाचित गरेको हो।


कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी युवा संगठन नेपाल केन्द्रीय कार्यालय सदस्य झलक विश्वकर्मा,बिशिष्ट अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापाले प्रशिक्षात्मक मन्तब्य ब्यक्त गरेका थिए।

भेलामा क्रान्तिकारी कम्युनिष्ट पार्टीका महाधिवेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेय , सह -संयोजक गणेश ढकाल , क्रान्तिकारी युवा संगठन नेपालका लुम्बिनी प्रदेश संयोजक संगीन भ्यु थापा,अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक नवीन खड्का , अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका महासचिव दुर्गा नारायण थारु लगायतको उपस्थिति रहेकोे थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?