ट्रेन्डीङ्ग

एमसिसि प्रभावित क्षेत्र भुमहीमा स्वाधीनताको प्रश्न बिषयक अन्तरक्रिया

परासी । एमसीसीको प्रभावित क्षेत्र पश्चिम नवलपरासीको भुमहिमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधिनताको प्रश्न विषयमा अन्तरक्रिया भुमहिमा भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा जिल्लाका राजनीतिक दल र सरोकारवाला सग अन्तरक्रिया गरिएको हो।

नेकपाका स्थायी कमिटि सदस्य अनिल सीले एमसीसी परियोजना र राष्ट्रिय स्वाधिनताको प्रश्न अवधारण प्रस्तुत गरेका थिए । उनले अवधारणा प्रस्तुत गर्दै अमेरिकाले बिकासको परियोजनाको नाम मार्फत नेपाललाई अमेरिकी सैन्य अखडा बनाउन खोजेको बताए।उनले भने एमसिसिका गतिविधि शकास्पद रहेको बताउदै जनतालाई झुकाएर अमेरिकी सेना राख्न रिसोर्टको नाममा जग्गा किनिएको आरोप लगाए ।एमसीसीबारे जनताले बुझ्नु ढिला गर्न नहुने उनको भनाइ छ ।
नेपाल समाजवादी पार्टीका पोलिट ब्युरो सदस्य चिनक कुर्मीले एसीसी मार्फत सेना आए देशको स्वाधिनताको लागि बलिदान दिन तयार रहेको बताए । उनले सत्तासिन कम्युनिष्ट पार्टीका नेतामै खोट हुदा एमसीसी पास भएको आरोप लगाउदै स्वाधिनता के हो भन्ने कुरा सिमानामा बस्ने नागरिकलाइ थाहा हुने उल्लेख गरे ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य क्षेत्र बहादुर थापाले अमेरिकीले एमसिसी मार्फत सेनाको क्रीनास्थल बनाएर राज्यको प्राकृतिक र सम्पत्ति दोहन गर्न लागेको आरोप लगाए । अन्तरास्ट्रिय कानुन विपरीत सम्झौता गरिएको र देशकै संविधान भन्दा माथि बनाएर पास गरिएको र नेताले जनतालाई दास बनाउन लागि परेको र सैन्य हस्पक्षेप बढाउन खोजिएको बताए ।

राष्ट्रिय जनमोर्चा पार्टीका प्रदेश सदस्य तिलक सुवेदीले एमसिसी लगानी मात्र नभई राजनीतिक अस्थिरता निम्त्याउन र प्राकृतिक श्रोतको दोहन गर्न आएको आरोप लगाए । त्यस्तै उनले धर्म परिवर्तनको नाममा राज्यलाई थप संकटमा धकेल्लिएको जोगाउन सर्घष गर्नुपर्नेमा देशभक्तहरु एक हुनुपर्नेमा जोड दिए । उनले नयाँ भनेकै राम्रो हुन्छ भन्ने सोचले उक्रेनमा द्वन्द बढेको र राजनीति चेतना नभएका व्यक्तिले राज्य संचालन गर्दा देशमा उक्रेन जस्तै:घटना घट्ने सम्भावना बढेको बताए।
जनता समाजवादि पार्टी नवलपरासीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले सदन र सत्तामा गएका नेताहरू राज्यको सम्पत्ति चोर बनी विदेशीको गुलाम बनेको आरोप लगाए।उनले सुस्ताको समस्या सुनाउदै राष्ट्रिय स्वाधीनताको कुरा गर्न हो भने त्यस ठाउँका जनतालाई नागरिकता र लालपुर्जा दिनुपर्नेमा जोड दिए त्यस्तै उनले नेताहरू सम्पत्ति सुदृढीकरण गर्नुपर्ने भनाइ राखेको थिए।
स्वनिर्भर अभियानका संयोजक डा।शिव शंकर बस्यालले राजनीतिक बेइमानीले गर्दा देशमा अमेरिकी साम्राज्यवादले हस्तक्षेप बढेको बताउदै क्रान्तिकारी नेताले बोली र व्यवहारमा फरक पन देखिएको र प्रतिक्रियावादी प्रस्तात गर्न एक अर्कोलाई दोषारोपण नगरी राष्ट्रवादीहरु पार्टी अभियान्ताहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने जोड दिए ।
कार्यक्रममा पोलिट ब्युरो सदस्य एव पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सि,जनपत्रकार संगठनका पुर्व केन्दीय अध्यक्ष प्रकाश डुम्रे लगायत जिल्ला बिभिन्न सरोकार वाला निकायको उपस्थिति रहेको थियो ।

नेकपा जिल्ला इन्चार्ज कमल सिको अध्यक्षता सदस्य लोकमानको स्वागत र जिल्ला सचिव प्रतापको संचालनमा भएको थियो।पाल्पा र नवलपुर हुँदै आएको बिधुत प्रशारण लाइन सुनवल नपा-१३ सुर्यबस्तीमा एमसिसी परियोजनाको एउटा सबस्टेसन हुँदै पाल्हिनन्दन हुँदै भारत जाने योजना उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?