ट्रेन्डीङ्ग

नवलपरासी सेवा समाज युएईद्वारा आर्थिक सहयोग हस्तान्तरण

सुनवल।नवलपरासी सेवा समाज युएईले सुनवल-११ जर्गहामा ३ जना बिमारीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

समाजले जर्गाहामा एक कार्यक्रम बीच सुनवल -११ धुर्कोटका १० बर्षिय ब्लड क्यान्सर पीडित शिरिर राना मगर,जर्गहाका ३६ बर्षिय स्तन क्यान्सर रुपा राना मगर र सुनवल-१२ का मृगौला रोग पीडित कमल बहादुर क्षेत्री भुमहीलाई जनही ३१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको समाजका प्रचारप्रसार प्रमुख मनोज राज पाण्डेले जानकारी दिए।

समाजले साउनको नियमित बैठकको निर्णय अनुसारनै आर्थिक सहयोग हस्तान्तरण गरेको पाण्डेले बताए ।

समाजका सस्थापक अध्यक्ष मित्रलाल पाण्डेको अध्यक्षता एवं कुल बहादुर रानाको आतिथ्यतामा, सुनवल प्रेस क्लबका अध्यक्ष रमेशकुमार भुसाल,कोटहीदेवी सामुदायिक उपभोक्ता बनका अध्यक्ष इश्वरी आचार्यले समाजले गरेका सहयोग कार्यलाई निरन्तर दिन बिमारीको तर्फबाट शिशिर रानाका बुवा नरेश रानाले सहयोग रकम लिदै खुशी व्यक्त गर्दै धन्यवाद दिएका थिए ।

समाजले अपाङ्गता,अशंक्त,दिर्घरोगी,आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्दै आउनुका साथै सामाजिक र मानवीय कार्यमा गर्दै आएको छ । सहयोग कार्यक्रमको संचालन युवराज पुनको रहेकोे थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?