ट्रेन्डीङ्ग

जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधि कुमुदिनी मावि बर्दघाटलाई

उर्मिला यादव यात्री,फागुन २६ परासी । जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधी कुमुदिनी माबि बर्दघाटले हासिल गरेको छ ।

हिसान नवलपरासीको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा जिल्लाका नौं बिद्यालयको सहभागिता रहेको कार्यक्रममा १७ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । कुमुदिनी माबि बर्दघाट प्रथम, न्यु लाइफ स्कुल बर्दघाट द्धितिय,अन्नपुर्ण माबि अस्नैहा तृतीय स्थान हासिल गरेका छन।कार्यक्रममा बिजेता भएका बिद्यालयका बिद्यार्थीहरुलाइ शिल्ड र प्रमाण पत्र प्रदान गरीएको थियो ।

हिसान नवलपरासीका अध्यक्ष सागर पाण्डेको अध्यक्षता भएको कार्यक्रम राष्टिय परीक्षा बोर्ड बुटवल कार्यालयका प्रमुख रमाकान्त तिवारीको प्रमुख आथित्यतामार कार्यक्रमको संचालन हिसानका सचिव प्रेम बहादुर खडकाले गर्नु भएको थियो ।

प्रतियोगितामा कार्यक्रमको औचित्यबारे ज्ञानज्योती एकडेमी माबि सुनवल १२ भुमहीका प्राचार्य भेषराज न्यौपानेले प्रकाश पार्नु भएको थियो भने दिब्यज्योति क्याम्पस चिसापानीका प्राध्यापक शेषकान्त पौडेलले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो ।

वक्तृत्वकला प्रतियोगितामा ज्ञानज्योती एकडेमी माबि सुनवल १२ भुमहीमा सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?