ट्रेन्डीङ्ग

शिवरात्रि विशेष :रुपन्देहीका एघार शिवालय मन्दिरमा रुद्राभिषेक

फाल्गुन २६ बुटवल । शिवरात्रीको अवसरमा रुपन्देहीका शिवालय मन्दिरमा विश्वशान्तिकामनार्थ रुद्राभिषेक गरिने भएको छ ।

रुपन्देहीको तिलोत्तमा नयाँमिलमा रहेको श्री भगवती वास्तु तथा ज्योतिष सेवाले हिन्दुधर्मालम्बीहरुको विशेष पर्वका रुपमा मानिने शिवरात्रीको अवसरमा जिल्लामा अवस्थित नर्मदेश्वर शिवालय तिलोत्तमा -४नयाँमिल, सरस्वती पञ्चायतन मन्दिर तिलोत्तमा -५ मणिग्राम ,तिलोत्तमा गौशाला- तिलोत्तमा -०१,सिद्धबाबा धाम पाल्पा, सिद्धबाबा धाम रुपन्देही, मोक्षधाम सेवा आश्रम तिलोत्तमा -०९, लोकेश्वर महादेव तिलोत्तमा -१०बेवरी ,पर्रोहा परमेश्वर शिवज्योतिर्लिङ्ग बोलबमधाम सैनामैना-०१,जलेश्वर बोलबम धाम कञ्चन-०१बेलभरिया, प्रकटेश्वर महादेव मायादेवी – सेमरहना र कालमोचन शिवालय सैनामैना -०८, कलौनी शिवालय मन्दिरमा रुद्राभिषेक गर्न लागिएको संस्थाका अध्यक्ष एवम् ज्योतिष बिष्णु प्रसाद पौड्यालले जानकारी दिए।

 

तीन बिशेष रात्री मोहरात्री,कालरात्री,महारात्री मध्य भोलि महारात्रीको सुअवसर पारेर रुपन्देहीका ११ शिवालयमा वैदिक बटुकहरुद्वारा विश्वशान्तिकामनार्थ रुद्राभिषेक गरिने पौड्यालले बताउनु भयो ।यो निरन्तरताको पाँचौ संस्करण हो रुद्राभिषेक लिन चाहनुहुने आफुलाइ पायक पर्ने ठाउँमा लिन सकिने पौड्यालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal